इलाम : दसै अगावै जिल्ला प्रशासन कार्यालय इलामले जिल्लामा नयाँ भाडादर निर्धारण गरेपनि कार्यान्वयन हुन नसक्दा यात्रुले तोकेको भाडादर भन्दा बढी भाडा तिर्न बाध्य छन । जसमा धेरैजसो जिल्लाका ग्रामीण क्षेत्रमा गुड्ने यातायात रहेको पाईएको छ । गत असोज छ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको यातायात व्यवस्थापन समितिको बैठकले जिल्ला भित्रका विभिन्न ठाउँ र जिल्ला बाहिरका केही ठाउँमा गुड्ने यातायातका लागि नयाँ भाडादर निर्धारण गरेपनि चालकले आफूखुसी भाडा उठाएको पाईएको हो । जिल्लाको इलाम–राँके दुईसय सात रुपैया तोकेपनि यात्रुसँग तीनसय रुपैयाँ भाडा उठाउने गर्दछन । त्यस्तै इलाम–मंगलबारे पन दुईसय ७ भाडादर रहेकोमा तीनसय रुपैयाँ उठाएको पाईएको हो । नयाँबजार–इलाम दुईसय ६८ रुपैयाँ भाडादर तोकीएको ठाउँमा तीन सय रुपैयाँ उठाउने गरेका छन । इलाम–झापा तीनसय चार रुपैयाँभाडादर तोकीएकोमा चारसय रुपैयाँ उठाउने गरेका छन भने इलाम–माङसेबुङ चारसय ५० तोकेकोमा पाँचसय उठाउने गरेको पाइएको छ । त्यस्तै इलाम–आमचोक चारसय ८८ रुपैयाँ तोकेकोमा आठसय देखि एकहजार रुपैया उठाउने गरेका छन भने इलाम–कोल्भोटे तीनसय ३६ रुपैयाँ भाडादर तोकेपनी चारसय रुपैया उठाउने गरेका छन । उता इलाम–दोकानडाँडा तीनसय ३६ रुपैयाँ तोकेकोमा चारसय रुपैयाँ उठाउने गर्छन भने एकसय ८३ रुपैयाँ तोकेपनी दुईसय रुपैयाँ उठाउने गरेको पाईएको छ । त्यस्तै इलाम–जितपुर दुईसय ६८ भाडा तोकीएपनि चारसय रुपैयाँ सम्म उठाउने गरेको पाईएको छ । व्यवसायी सँग यात्रुले जिल्ला प्रशासन कार्यालय इलामले तोकेको भडा त यत्रो छर भनेर प्रश्नगर्दा भडादर त कम तोकेको छनि तर बाटो बनाएको छैन यस्तो बाटोमा गाडिलाई मारपर्छ दैनिक बनाउनु पर्ने हुन्छ, तेलको दाम पनि बढेको छ भनेर व्यवसायीले गैर जिम्बेवार जवाफ दिने गरेका छन ।
इलाम जिल्लाका ६९ ठाउँको यातायात व्यवस्थापन समितिले नयाँ भाडादर तोकेको भएपनि कार्यान्वयन हुन नसक्दा यात्रुसँग मनखुसी भाडा असुल्ने गरेका छन । यसरीे मनखुसी भाडा असुल्दा पनि नियमकारी निकाय मूकदर्शक बनेको छ । तोेकेको भाडादर भन्दा बढी भाडा उठाईरहेको विषयमा पूर्वेली जीप तथा ट्याक्सी यातायात सेवा प्रालीका अध्यक्ष गृश्म सुब्बाले तोकेको भाडादर भन्दा बढी कसैलेपनि असुल्न नपाउँने बताउछन । उनले ‘हाम्रो संस्थामा दर्ता भएका गाडिमा यात्रा गरेका यात्रुलाई पटक पटक टिकट दिन आग्रह गरीरहेको बताए ।’ ‘संस्थामा दर्ता नभएका गाडिपनि सञ्चालनमा रहेको हुँदा यसको नियन्त्रणमा प्रहरी, ट्रफिक प्रहरीले चेक गर्नुपर्ने हुन्छ, सुव्बाले भने ‘जिल्लाका धेरै ठाउँमा प्रहरी कार्यालय छन यात्रुले पनि उजुरी गर्नुपर्ने हो तर उजुरी नगर्दा मिलेमतोमै भाडा तिरेको जस्तो देखिएको बताए ।’ उजुरी परेमा त्यस्ता गाडीलाई तत्काल कार्वाही गरिने भन्दै यात्रुले पनि यसका लागि सहयोग गरिदिन आग्रह गरेका छन । सुब्बाले टिकट दिन आग्रह गरेको भनेता पनि जिल्ला भित्र गुड्ने कुनैपनि सवारी साधनले टिकट उपलब्ध गराउने गरेका छैनन ।
यात्रुबाट सहयोग पाएनौँ : प्रजिअ खड्का
प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले भाडादर कार्यन्वयनको लागि सम्पूर्ण शक्ति लगाएर लागेपनि यात्रुबाट सहयोग नपाउँदा समस्या रहेको बताए । उनले ‘ यात्रुले खुसुक्क भाडा तिर्छ टिकट माग्दैनन अनि उजुरी गर्छन प्रमाण विना उजुरी गरेको कारण कार्वाहि गर्न सकेका छैनौ । यात्रुले भाडा तिर्दा तोकिएको भाडाभन्दा बढी माग्यो भने तत्काल प्रहरीलाई जानकारी गराएपनि कार्वाहि गर्न सजिलो हुन्छ, खढ्काले भने’ भाडादर कार्यन्वयनका लागि सबै गाडीमा भाडादर टाँस्नुपर्ने भनेपनि व्यवसायीले नटाँसेपछि प्रहरीले आँफै टाँसिदियो तर कतिपय व्यवसायीले च्यचतेर फालिसके त्यसैले यमत्रुनै सचेत हुँने र तोकेको भन्दा बढी भाडादर उठाएमा उजुरी गर्ने हो भने कार्यान्वयनमा ल्याउन सकिन्छ ।’ चडवाडको समयमा यात्रुबाट मनपरी भाडा असुल नहोस भनेर देशभरी नै सरकारले नयाँ भाडादर कायाम गर्यो । नयाँ भाडादर तोके पनि सरकारको नियम विपरीत भाडा असुली रहेपनि नियमन गर्ने निकाय कार्यान्वयन गरिरहेका छौँ भन्दै बसेका छन ।