एमालेमा रहेका १० भाईलाई नेकपा समाजवादीमा आउन नेता नेपालको आह्वान

एमालेमा रहेका १० भाईलाई नेकपा समाजवादीमा आउन नेता नेपालको आह्वान

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहेका १० भाईलाई नेकपा एसमा आउन आह्वान गर्नु भएको छ । एमालेमा बसेर पछुताइरहेको भन्दै अध्यक्ष नेपालले अझै केही नबिग्रिएको र पार्टीमा आउन आग्रहसमेत गर्नु भयो ।

‘त्यहाँ गएर पनि पछुताइरहेका छन् । ठिक छ तपाईहरुले हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो । अब त फर्केर आए पनि हुन्छ । स्वागत छ,’ मध्यपुर थिमिमा आयोजित शुभकामना आदानप्रदानमा नेता नेपालले भन्नु भयो ।

अध्यक्ष नेपालले आफूहरुसँग इर्स्या गर्नेहरुको हालत खत्तम हुने भन्दै त्यस्ताहरुको पछि कोही नलाग्नसमेत अनुरोध गर्नुभयो । नेता नेपालले आगामी चुनावमा पाँच दलको गठबन्धन बलियो हुने दाबी गर्नु भयो । ‘पाँच दलको गठबन्धन बलियो हुनेछ । पाँच दलीय गठबन्धन कसैले भत्काउन सकिँदैन,’ नेपालले भन्नु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार