चारतारे झण्डा र बिपीको तस्बिर बितरण गर्दै धनमान

इलाम : नेपाली काँग्रेस इलामका स्थायी आमन्त्रीत सदस्य धनमान बराईलीले काँग्रेसको चारतारे झण्डा र महामानव बिपी कोइरालाको फ्रेम सहितको तस्बिर बितरण अिभयान थालेका छन् । इलामका बिभिन्न स्थानमा काँग्रेसको कार्यक्रममा जाँदा कतिपय स्थानमा झण्डा र बिपीको तस्बिर नराखिकन कार्यक्रम गरेको पाइएपछि आफूले जिल्लाका सबै वडा, गाउँ तथा नगर कार्यपालिका, क्षेत्रीय र प्रदेश कमिलिाई एक÷एकथान चारतारे झण्डा र महामानव बिपी कोइरालाको फ्रेम सहितको तस्बिर बितरण गर्न थालेको बताए ।

उक्त झण्डा र तस्बिर क्षेत्रीय समिति र प्रदेश समितिका पदाधिकारीलाई हस्तान्तरण गरीसकेको र अहिले वडा किमिटि र नगर तथा गाउँ कार्यपालिकाका कमिटिलाई बितरण गर्न थालिसकेको बराईलीले बताए ।

आफूले कुनै स्वार्थ नलिइकन काँग्रेसको पहिचान भनेको चारतारे झण्डा र काँग्रेसका पिता बिपीको तस्बिर बिना काँग्रेसको कार्यक्रम खल्लो हुने भएकाले सो कार्य गरेको बताए । बराइलीले ब्यक्तिगत रुपमा झण्डा र तस्बिर बितरण गर्दै आएका हुन । जिल्लाका ८१ वटै वडामा पुगेर बितरण गर्ने लक्ष्य लिएको समेत उनले बताए। जिल्लामा दुईवटा निर्वाचन क्षेत्र, चार नगरपालिका र ६ गाउँपालिका सहित दशवटा स्थानीय तह, ४ वटा प्रदेश र ८१ वटा वडा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार