पाँचथर : निभुखोला र सिवाखोलाको संगम स्थलमा रहेको सिवा दोभानको पुलमा बाढीले क्षति पुर्याएपछि यातायात सुचारु गर्न मंगलबारबाट काम शुरु हुने भएको छ ।
केहि दिन अघिको बेमौसमी वर्षाका कारण उक्त पुलमा क्षति पुगेको थियो । अहिले यातायातका साधनहरु वारीको वारी र पारीको पारीबाट सञ्चालन भइरहेको छ ।
शनिबार पुस्पलाल लोकमार्गका प्राविधिक टोलीसहित पुर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य बसन्तकुमार नेम्बाङ त्यहा निरिक्षणका लागि पुगेका थिए । उक्त टोलीलाई पुल बचाउनका लागि अहिले खोलाको धार परिवर्तन गर्ने र वाल हाल्नका लागि निर्देशन दिएसँगै भोलीबाट काम सुरु हुने भएको हो । आइतबारबाटै काम थाल्ने भनिएपनि स्काभेटर आजमात्र आइपुग्ने भएकाले भोलीबाट मात्र काम सुरु हुने भएको हो ।
नेम्बाङसँगै संविधानसभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य अइन्द्र सुन्दर नेम्बाङ, जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णु प्रसाद सापकोटा , कुम्मायक गाउँपालिका अध्यक्ष जय चेम्जोङ लगायत सरोकारवालाहरुले निरिक्षण गर्दै आ–आफ्नो ठाउँबाट समन्वयकारी भुमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।पुर्व पोस्टबाट