मास्क नलगाउने कोरोना भाइरस र ‘मिस्टर नो-अल !’हरु

  निनाम कुलुङ 'मंगले'
77 Shares

‘नोभेल कोरोनाभाइरस’ (पछि वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको) ले लगभग दुई वर्ष पुग्नै लाग्दा पनि विश्वबाट विदा हुने छाँटकाँट देखाएको छैन । जबकि समयचाहिँ सन् २०२१ को अक्टोम्बर महिना अर्थात् सन् २०२१ को १० औं महिनाको तेस्रो हप्ता चल्दैछ, यो लेख लेख्दाको अवस्थामा । तर, कोरोनाभाइरसको महामारीचाहिँ हट्ने–नहट्ने, के हो, कसो हो ? प्रस्ट रुपमा संकेत देखा परिसकेको छैन । बरु भारत, बेलायत आदि देशका केही सहरमा भने अभैm पनि कोरोनाभाइरसका कारण बिरामीहरु बढेको भन्ने समाचार आई रहेका छन् ।

तर, यही समय सुखद हुन सक्छ, हामी नेपालीहरुका लागि । किनभने, नेपालमा कोरोनाभाइरसका बिरामीहरु गत हप्तादेखि ५ प्रतिशतभन्दा कममा झरेको भन्ने रिपोर्ट/समाचार आएको छ । तर, कोरोनाभाइरसका कारण बिरामी भएर मर्नेहरुको संख्याचाहिँ तुलनात्मक रुपमा धेरै रहेको देखिन्छ, हाम्रो देश नेपालमा । खास गरी कोरोनाभाइरसको महामारीका कारण बिरामी भएको संख्या हाम्रो देश नेपालको जनसंख्याको तुलनात्मक अध्ययन गर्दा बिरामी हुने संख्या पनि प्रति १० लाख अरु देशको तुलनामा केही बढी नै रहेको छ । हुन पनि आजको मितिसम्म नेपालले ४४ औं स्थान ओगटी सकेको छ, विश्वव्यापी कोरोना महामारीको कारण बिरामी हुने देशहरुको नाम सूचीमा । जुन स्थान सुरुमा २ सय औं स्थानभन्दा माथि रहेको थियो भने विस्तारै १ सय औं स्थानभित्र पर्दै ८० औं, ७७ औं, ७० औं, ६६ औं ६० औं, ५७ औं, ५६ औं, ५५ औं, ५४ औं स्थान हुँदै हाल ४४ औं स्थानमा स्थिर रहेको छ,  ।

यसरी हेर्दा दसैँ लगत्तै गाउँघर वा आप्mनो थातथलोमा दसैँ मनाउन गएका मानिसहरु फिर्ता हुने क्रम सुरु भई सकेकोले अबको केही हप्ता (तिहार लाग्दा नलाग्दै) कोरोना महामारी कम हुने वा कम हुनुको सट्टा झनै बढ्ने हो ? भन्ने थाहा हुने छ । जे भए तापनि कोरोनोभाइरसले अनेक रुप फेर्दै र सुरुको भन्दा झनै कडा बन्दै गएको भन्नेमा कसैको दुई मत छैन । तर, पनि हामी नेपालीहरु अंग्रेजी ‘निवन्ध ‘मिस्टर नो अल’को ‘मिस्टर नो अल’ पात्रभैmँ भएका छौ । अर्थात् हामीलाई कोरोनाभाइरसको बारेमा सबै कुरो थाहा छ । त्यसैले हामी कोरोनालाई केही पनि होइन ! भन्छौ । त्यति मात्रै होइन, हामी मध्ये धेरै जनाले सार्वजनिक यातायात र भीडभाडमा हिँड्दा मास्क नलगाई हिँड्छौं । मास्क लगाउनेहरुले पनि नाकमुख छोप्ने गरी राम्रोसँग नलगाएर चिउँडोमा लगाउँछौ । कोही कसैले मास्क लगाउन विनम्रता पूवृक अनुरोध गरेमा ‘तैँले/तिमीले भन्नु पर्छ/सिकाउन पर्छ, म काठमाण्डौको मान्छे हुँ, म मधेसको मान्छे हुँ, म हिमालको मान्छे हुँ, म पहाडको मान्छे हुँ, म यत्ति पढेको मान्छे हुँ, म उत्ति पढेको मान्छे हुँ, म यस्तो मान्छे हुँ, म उस्तो मान्छे हुँ, त्यसैले मलाई कोरोनाले छुन सक्दैन, छोई हालेमा पनि मलाई केही गर्न सक्दैन, तँ/तिमी लगाऊ न मास्क, सक्किगो नि !!!’ भनी घमण्डले फुुल्छौं, ओठे जवाफ दिन्छौं । तर…

तर, कोरोनाभाइरस साह्रै नकच्चरो र जिउँ छाडा छ ! त्यसैले उसले अहिलेसम्म आप्mनो सक्कली रुप ‘म काठमाण्डौको मान्छे हुँ, म मधेसको मान्छे हुँ, म हिमालको मान्छे हुँ, म पहाडको मान्छे हुँ, म यत्ति पढेको मान्छे हुँ, म उत्ति पढेको मान्छे हुँ, म यस्तो मान्छे हुँ, म उस्तो मान्छे हुँ !’, भन्नेहरुलाई देखाएको छैन । अरु त अरु नै भई गए, ऊ अर्थात् कोरोनाभाइरस, भाइरल रोग विज्ञ र वैज्ञानिकहरुले दिएको नयाँ नाम “नोभेल कोरोनाभाइरस (कोभिड–१९)”ले आप्mनो असली रुप देखाएको छैन । हुन पनि उसलाई (कोरोनाभाइरसलाई) के कुरो राम्रोसँग थाहा छ भने, आप्mनो सक्कली रुप देखाएमा भाइरल रोग विज्ञहरुले, वैज्ञानिकहरुले, फर्मासिस्टहरुले, अध्ययन–अनुसन्धानकर्ताहरुले आपूmविरुद्घ स्थाई उपचार विधि र पद्घतिको विकास गर्ने छन्, औषधो–उपचारको विधि विकास गर्ने छन् । औषधि पत्ता लगाउने छन् । त्यसैले ऊ अर्थात् “नोभेल कोरोनाभाइरस (कोभिड–१९)”ले आप्mनो असली रुप देखाएका छैन, देखाउन चाहँदैन !? भलै उसले पनि मलाई कसैले नचिनोस् ! भनेर मास्क लगाएर भने हिँडेको छैन ।

तापनि कोरोनाभाइरस कत्रो छ ?, कस्तो छ ? भन्नेबारेमा ‘म काठमाण्डौको मान्छे हुँ, म मधेसको मान्छे हुँ, म हिमालको मान्छे हुँ, म पहाडको मान्छे हुँ, म यत्ति पढेको मान्छे हुँ, म उत्ति पढेको मान्छे हुँ, म यस्तो मान्छे हुँ, म उस्तो मान्छे हुँ !’, भनेर ‘कुवाको भ्यागुत्तोले कुवा नै संसार ठानेर फुलिएभँैm फुलिनेहरु र, मै हुँ भन्नेहरुले कोरोना कस्तो हुन्छ, कत्रो हुन्छ ? अझैसम्म देखेका छैनन् । तापनि, ‘कोरोना देखेका छौं, त्यसैले कोरोना केही होइन !’ भन्छन् । तर, उनीहरुले साँच्चै देखेका छन्, धरो–धर्म देखेका छन् ? अहँ छैनन्, पटक्कै छैनन् ! खालि देखेको स्वाङ मात्रै पारेका हुन् ।

त्यसो त ऊ अर्थात् “नोभेल कोरोनाभाइरस (कोभिड–१९)” झन् के मा पो कम छ र ?! त्यसैले ‘म काठमाण्डौको मान्छे हुँ, म मधेसको मान्छे हुँ, म हिमालको मान्छे हुँ, म पहाडको मान्छे हुँ, म यत्ति पढेको मान्छे हुँ, म उत्ति पढेको मान्छे हुँ, म यस्तो मान्छे हुँ, म उस्तो मान्छे हुँ !’, भन्नेहरुलाई समेत माथ गर्दै ऊ झन् स्वच्छन्द भएर मास्क नलगाई हिँड्छ । फलतः उसले धेरै (८ लाख ५ हजार ५६० जनालाई बिरामी बनाएको छ, सन् २०२१ अक्टोबर १९ सम्ममा । ३ करोड जनसंख्यामा ८ लाख ५ हजार ५६० भनेको सम्पूर्ण जनसंख्याको लगभग २.७८/८० प्रतिशत हो ।) नेपालीहरुलाई बिरामी बनाएको छ, त्यसमध्ये सिकिस्तै बिरामी भएकाहरुले त बिचरा कोरोनाको अनुभव र अनुभूति पनि राम्रैसँग गरेका छन् । हो, कोरोना केही होइन भन्ने नेपालीहरुमध्ये बाटै कोरोनामहामारीको बिरामीकै कारण ११ हजार २९३ जनाले त आप्mनो अमूल्य जीवन गुमाई सकेका छन् । अभैm कतिको ज्यान जाने हो, केही ठेगान छैन ।

हुन पनि पृथ्वीको सबैभन्दा जान्ने बुभ्mने, ज्ञानी, ध्यानी, विवेकी, चेतनशील, चैतन्य ! भएको, सोच्न सक्ने, बुभ्mन सक्ने, अरुलाई बुझाउन सक्ने र, सही बाटो वा दिशा देखाउन सक्ने भनिएको मान्छे ने हो भन्ने भनाइ  रहेको छ । तर, यसरी पृथ्वीको सबैभन्दा जान्ने बुभ्mने, ज्ञानी, ध्यानी, विवेकी, चेतनशील, चैतन्य ! भएको, सोच्न सक्ने, बुभ्mन सक्ने, अरुलाई बुझाउन सक्ने र, सही बाटो वा दिशा देखाउन सक्ने भनिएको मान्छेहरुले नै कोरोना महामारीबाट बच्न मास्क नलगाउने, सुई नलगाउने, भीडभाडमा हिँड्न पाउनैपर्छ !, नारा र जुलुस गरेर हिँड्न पाउनै पर्छ भन्ने गरेपछि बिचरा ऊ अर्थात् कोरोनाभाइरसले त झन् मास्क लगाउने कुरै भएन । त्यसैले ऊ विन्दास र फुक्काफाल भएरर, कुनै देशको सीमा र बन्द पर्खालभित्र सीमित नहेर/नभएर विश्वका १९५ वटा स्वतन्त्र देशहरु र बाँकी अरुको खह्रन–खटनमा बसेको/रहेको २५–२६ वटा स–साना टापू देशहरु गरी २२१ वटै देशमा देशाटन गर्दै हिँडेको छ, हिँड्छ । आखिर ऊ अर्थात् कोरोनाभाइरसलाई कसले रोक्ने ? छ, कसैको रोक्ने हिम्मत ? छैन ….

अन्त अरु त अरु नै भई गए, अमेरिकाको तत्कालीन राष्ट्रपति ट्रम्प भन्ने महानुभावले पनि नेपालका ‘अति जान्ने सुन्ने (अजासु), सर्वज्ञ, सर्वज्ञाता अर्थात् ‘मिस्टर नो अल !’ हरुले जसरी ‘म काठमाण्डौको मान्छे हुँ, म मधेसको मान्छे हुँ, म हिमालको मान्छे हुँ, म पहाडको मान्छे हुँ, म यत्ति पढेको मान्छे हुँ, म उत्ति पढेको मान्छे हुँ, म यस्तो मान्छे हुँ, म उस्तो मान्छे हुँ !’, त्यसैले मलाई कोरोनाबारे ‘तैँले सम्झाई रहनु पर्दैन, बुझाई रहनु पर्दैन !’ भनेभैmँ भन्दा/गर्दा र, मास्क नलगाई सार्वजनिक रुपमा र्याली र सभाहरु गर्दा, भीडभाडमा हिँड्दा विचरा कोरोनाले के नै गरोस् ! तापनि अब जे भए तापनि म सँग पौंठेजोरी खेल्न आईहाल्नु भयो, राष्टपति ट्रम्प महोदय ! भनेर कोरोनाले यसो आप्mनो सामान्य पाईन देखाएर बिरामीसम्म बनाई दियो, ट्रम्प महोदयलाई । यो कुरो लगभग एक डेढ वर्षअघिको हो । त्यसपछि ट्रम्प महोदयले नेपालीमा उखान ‘आकाशको राहू पातालको केतू, एक पटक नपरी कसरी चेतुँ !’ भन्ने सम्झे होलान् क्यार, सँधै मास्क लगाउँथे, अभैm लगाई रहेका होलान् । धन्य कोरोनाले त्यही वेला ट्रम्प महोदयलाई ‘सिल्टिमुर !’ चाहिँ खुवाएन बा !?… नत्रभने यति वेला ‘द फस्र्ट लेडी’ अर्थात् ‘मेलानिया म्याम’को ‘द हरि–विजोग नै हुन्थ्यो ?!’

अन्तमा हामी नेपालीहरु जो अंग्रेजी ‘निवन्ध ‘मिस्टर नो अल’को ‘मिस्टर नो अल’ पात्रहरु जे छौ, अर्थात् कोरोनाभाइरसको बारेमा सबै कुरो थाहा हुने हामी जेजति छौं । हामी कोरोनालाई केही पनि होइन ! भन्दै घमण्ड गर्नुको सट्टा विश्व स्वास्थ्य संगठन, विश्वका भाइरल रोग विज्ञहरु, नेपाल सरकार लगायत नेपालका अन्य आधिकारिक निकायहरुले विश्व कोरोना महामारी मुक्त भयो/भयौं !’ भनी आधिकारिक रुपमा घोषणा नगरेसम्म भीडभाड नगर्ने, भीडभाडमा नजाने, नाकमुख छोप्ने गरी मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने लगायतका नियमहरु पालना गर्ने हो कि ? किनभने, अरु धर्मले पुनर्जन्मबारे खासै विश्वास नगरे तापनि हिन्दु धर्मले ८४ लाख जुनीपछि फेरि हामीले मान्छेको रुपमा जन्म लिन्छौं भन्छ क्यारे ! अब त्यो जुनी नै ८४ लाख ! अनि त्यसमाथि कछुवाको जुनी हुँदाको १ हजार वर्ष, हात्तीको जुनी हुँदाको…ह्वेल माछाको जुनी हुँदाको… हैट !

मानौं कि म हिन्दु धर्मले भनेअनुसार र हिन्दु धर्मको विश्वास र मतअनुसार कथं कदाचित ८४ लाख जुनीपछि फेरि मान्छेको रुपमा जन्मे भने पनि खरबौं–खरब वर्षपछि मान्छे हुन्छु । अब त्यतिन्जेलसम्म यो धरतीको अस्तित्व नै रहला कि नरहला !? कसो हौ ‘मिस्टर नो अल कामरेडहरु !’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार