माङसेबुङ गाउँपालिका सदरमुकामसँग सम्पर्कविच्छेद

पालिकासँग वडाको समेत सम्पर्कविच्छेद

निरन्तरको वर्षापछि गत मंगलबार राती गएको देउमाई खोलाको बाढीले बगाएको देउमाई–फाकफोक दोभानको पक्की पुल । तस्वीर सौजन्य : डिकेन्द्र इदिङ्गो, अध्यक्ष माङसेबुङ गाउँपालिका

इलाम : निरन्तरको वर्षापछि आएको बाढी र पहिरोले पुल र सडक बगाउँदा जिल्लाको पश्चिमी माङसेबुङ गाउँपालिका सदरमुकामसँग यातायात सम्पर्कविच्छेद भएको छ ।

सदरमुकामबाट माङसेबुङ गाउँपालिका जोड्ने मुख्य सडक इलाम–नेपालटार–मंगलबारे–गजुरमुखी सडक खण्डका विभिन्न क्षेत्रमा गएको पहिरोेले यातायात अवरुद्ध छ  । सो सडक खण्डको दर्जनौं स्थानमा पहिरो खसेको तथा रुखहरु ढलेर सडक अवरुद्ध छ ।

त्यस्तै सोही सडकमा पर्ने देउमाई–फाकफोक खोलाको दोभानको पक्की पुल बगाएको छ । बाढीले माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने सो पक्की पुल बगाएछ सडक सक्पर्क विच्छेद भएको छ । यसैगरी नजिकै रहेको माङसेबुङ गाउँपालिकाको गजुरमुखीधाम र देउमाई नगरपालिकाको बारुङ जोड्ने अर्को पक्की पूल समेत जीर्ण बनाएको छ ।

सडक अवरुद्ध हुँदा कुनैपनि सवारी साधनहरु तथा मोटरसाइकलहरु समेत संचालन हुन सकेका छैनन् । सवारी साधन नचल्दा दशैं मनाएर सदरमुकाम फर्कने सयौं यात्रुहरु अलपत्र परेका छन् । कतिपय यात्रुहरु दुई दिन पैदल हिँडेर सदरमुकाम पुग्न बाध्य छन् । यस्तै सदरमुकामबाट माङसेबुङ आउनुपर्ने यात्रुहरु समेत पैदल हिँड्न बाध्य बनेका छन् ।

पालिकासँग वडाको समेत सम्पर्कविच्छेद

ययैगरी बाढी र पहिरोका कारण पालिकासँग वडा र वस्तीको समेत सम्पर्क विच्छेद भएको छ । बाढी र पहिरोले सडकहरु क्षतविक्षत बनाएपछि वडा कार्यालय र पालिकाको यातायात सम्पर्क विच्छेद भएको हो ।

१ नम्बर वडा कार्यालयबाट पालिका जोड्ने विभिन्न सडकहरु अवरुद्ध भएका छन् । नाङरुङबाट तोभाङ हुँदै पालिका जोड्ने सहायक सडक तथा गजुरमुखी धामबाट पािलका जोड्ने मुख्या सडकको सयौं स्थानमा पहिरो खसेर अवरुद्ध छ ।

४ र ५ नम्बर वडा कार्यालयबाट पालिका जोड्ने दमक–चिसापानी–रवि (फाल्गुनन्द सडक) को केही भाग र ३ नम्बर वडा कार्यालयबाट पालिका जोड्ने इभाङ–चतुरे सडकको सयौं स्थानमा पहिरोले सडक अवरुद्ध छ । कतिपय ठाउँमा ठूलठूला खाल्डाखुल्डी र रुढहरुले सडक अवरुद्ध बनाएका छन् ।

त्यस्तै ६ नम्बर वडा कार्यालयबा पालिका जोड्ने दमक–चिसापानी–रवि (फाल्गुनन्द सडक) को केही भाग र भोटेडाँडा–इभाङ सडक अवरुद्ध भएकाले पालिकासँग यातायात सम्पर्क विच्छेद भएका छन् । ती सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेका छन् भने रुखहरु ढलेर सडक अवरुद्ध भएको छ ।

यस्तै वडाका सयौं शाखा सडकहरु समेत पहिरोले अवरुद्ध छ । सडक अवरुद्ध भएपछि स्थानीय सेवाग्राही वडा कार्यालय र गाउँपालिका कार्यालय पुग्न समस्या भएको छ । उनीहरु सामान्य सिफारिस लिन समेत घण्टांैको पैदल हिँड्न बाध्य भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार