माङसेबुङ र फाकफोकथुम ५ दिनदेखि अन्धकार

  राम योङहाङ  1394 पटक हेरिएको

केन्द्रीय प्रशारण लाइनको विद्युत अवरुद्ध भएपछि जेनेरेटर मार्फत मोबाइल चार्ज गर्दै माङसेबुङ ६ चिसोपानी पंचमी बजारका सेवाग्राहीहरु । उनीहरुले एउटा मोबाइल फूलचार्ज गरेवापत २५ रुपैयाँ शुल्क तिर्नुपर्ने बाध्यता छ । तस्वीर : राम योङहाङ

इलाम : जिल्लाको पश्चिमी क्षेत्रको दुई गाउँपालिकाका बस्ती ५ दिनदेखि अन्धकार छ । अविरल वर्षासँगै गएको सोमबारदेखि अवरुद्ध विद्युत सेवा सुचारु हुन नसक्दा दुई गाउँपालिकाका हज्जारौं घरधुरीका बासिन्दा अन्धकारमा रात बिताउन बाध्य भएका छन् ।

सदरमुकामसहित अन्य पालिकामा बुधबारदेखि नै विद्युत सुचारु भएपनि ती गाउँपालिकामा अझैसम्म विद्युत सुचारु हुन सकेको छैन । वर्षासँगै गएको हावाहुरीले विभिन्न स्थानमा क्षति पुर्याएका छ ।

कतिपय स्थानमा विजुलीका पोलहरु ढलेका छन् भने कतिपय स्थानमा चुँट्टिएका छन् । स्थानीय नदीबाट उत्पादित विभिन्न लघजलुविद्युत तथा पेल्ट्किसेट समेत बाढीले बगाएपछि झनै समस्या उत्पन्न भएको छ ।

विद्युत अवरुद्ध हुँदा ती गाउँपालिकाबाट प्रसारण भइरहेका एफएम रेडियो, प्रिन्ट पत्रिका र अनलाइनलगायत सञ्चारका साधनसमेत समस्यामा परेका छन् । साथै गाउँमा खाद्यान्न पिसानी मिल, कम्युटर, टेलिभिजन, कुखुरापालन, खाना पकाउनसमेत प्रयोग गर्दै आएको विद्युत आपूर्ति ठप्प भएपछि जनजीवनसमेत प्रभावित भएको छ ।

मोबाइल चार्ज सकिएर हजारौं सेवाग्राही प्रभावित छन् । विद्युतीय व्यावसायिक काममा समेत असर पुगेको छ ।

अविरल वर्षासँगै गएको सोमबारदेखि अवरुद्ध विद्युत सेवा अवरुद्ध भएको थियो । अवरुद्ध क्षेत्रमा मर्मतकार्य भईरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार