एमसीसीबारे गलत प्रचार गरियो : प्रधानमन्त्री देउवा

एमसीसीबारे गलत प्रचार गरियो : प्रधानमन्त्री देउवा

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा एमसीसीबारे गलत प्रचार गरिएको बताउनु भएको छ । एमसीसी सम्झौता संसदबाट पास गर्नुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले गलत प्रचार रोक्नुपर्नेसमेत बताउनु भयो । धनगढीमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा देउवाले उक्त कुरा बताउनु भएको हो ।

देउवाले एमसीसी नेपालको कानुनभन्दा तलै रहने कुरा अमेरिकाले प्रष्ट पारिसकेको दाबीसमेत गर्नु भयो । एमसीसी के हुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफमा प्रधानमन्त्रीले भन्नु भयो, ‘पास गर्ने हो ।’

हुबहु पास हुन्छ कि संशोधन हुन्छ भन्ने जिज्ञासामा देउवाले भन्नु भयो, ‘यसमा केही छँदै छैन भने, एमसीसी नेपालको कानुनभन्दा माथि हैन भनेर उनीहरूले भनिसकेका छन् । यो त अनुदान हो ऋण हैन नी । सित्तैमा पैसा दिन्छु भन्दा पनि चाहिँदैन भन्छन् यहाँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार