नेपाली कांग्रेसका युवा नेता डम्बर खड्काको पहलमा खुल्यो पहिरोले अबरुद्ध इलाम–नामसालिङ्ग सडक

इलाम : अबिरल बर्षापछि इलामका अधिकाँश ग्रामिण सडक अबरुद्ध भएका छन भने यस सडकमा गुड्ने सवारी साधन ठप्प छ । सडक अबरुद्ध भएको यतिका दिन बितिसक्दा पनि स्थानीय सरकारले बाटो खुलाउने खासै चासो नदिएको पाइएको छ । यसैक्रममा जिल्लाको इलाम–नामसालिङ्ग सडक खण्ड पनि अबरुद्ध हुँदा सवारी साधन ठप्प रहेको थियो ।

उक्त सडक खण्डको बिभिन्न क्षेत्रमा पहिरो गएर बाटो बिग्रीएको थियो । जसले गर्दा सवारी साधन चल्न नसकिरहेको अवस्थामा नेपाली काँग्रेस इलामका युवा नेता तथा समाजसेवी डम्बर खड्काले आफनो पहलमा आफनै डोजर लगाएर इलाम–नामसालिङ्ग सडक खण्डमा झरेको पहिरोहरु हटाएर सडक खुलाएका छन । सडक खुलेसङै स्थानियलाई कृषि उपज सामाग्री ढुवानी देखि बिरामीलाई अस्पताल सम्म पुरयाउन सहज भएको छ ।

बाटो खुलाउन गाउँपालिका तथा वडाहरुले चासो नदिरहेको अवस्थामा खड्काले आफनो निजी लगानीमा सडक खुलाएर यातायातका साधन सञ्चालनका लागि सहज बनाएका हुन । सडक खुलाउन सहयोग गरेको भन्दै स्थानीयले खड्कालाई धन्यवाद समेत दिएका छन । खड्काले जिल्ला भित्र र बाहिर यस्ता बिपत्तिमा सहयोग गर्दै आएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार