खेलकुद विकास समिति पाँचथरको अध्यक्ष आङ्देम्बे र उपाध्यक्षमा राई

  युद्धबहादुर बोहोरा
2.7k Shares

 

 

पाँचथरः जिल्ला खेलकुद विकास समिति पाँचथरको अध्यक्षमा विनोद आङ्देम्बे मनोनित भएका छन् । प्रदेश १ को खेलकुद विकास बोर्डले प्रदेशका सबै जिल्लाहरुका खेलकुद समितिहरुमा नेतृत्व चयन गर्दा पाँचथर अध्यक्षमा आङ्देम्बेलाई मनोनित गरेको हो ।

प्रदेशका सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्षको नेतृत्वमा बसेको प्रदेशको खेलकुद विकास बोर्डको बैठकले उपाध्यक्षमा शान्ति राईलाई मनोनित गरेको छ । फाल्गुनन्द गाउँपालिका-५ घुर्बिसेका आङ्देम्बे यसअघि मदन भण्डारी स्पोट्स एकेडेमी पाँचथरको अध्यक्ष थिए । उनी राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सचिवालय सदस्य तथा पाँचथर इन्चार्ज समेत छन् भने फिदिम नगरपालिका- १  निवासी राई राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सचिवालय सदस्य तथा पाँचथर महिला इन्चार्ज हुन् । जिम्मेवारी पाएसंगै उनीहरुले खेलकुद क्षेत्रको विकासमा लाग्ने र खेलकुद क्षेत्रका सवैको प्रतिनिधित्व हुनेगरि समिति निर्माण गर्दै आगामी दिनमा ऐतिहासिक कार्य गर्नुपर्ने जिम्मेवारी काँधमा आएको हुँदा सवैले सहयोग गर्न आग्रह गरेका छन् ।

मनोनित पदाधिकारीहरुलाई आजै सामाजिक विकास मन्त्रालयमा शपथ ग्रहण समेत गराइएको छ । भोलि सम्ममा नवनियुक्त अध्यक्ष तथा उपाध्यक्षहरूले जिल्ला समितिलाई पूर्णता दिन समेत बोर्डले निर्देशन दिएको छ । प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले भोलि बिहान १० बजे सम्ममा सबै जिल्लालाई पदाधिकारी सहित सबै सदस्यको नाम पठाउँन निर्देशन दिइसकेको जनाइएको छ । बोर्डका अध्यक्ष समेत रहनु भएका सामाजिक विकास मन्त्री बल बहादुर सामसोहाङले प्रदेश १ मा खेलकुद क्षेत्रले फड्को मार्ने विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार