पाँचथरमा पहिरो र खोलाले बगाउदा २१ जनाको मृत्यु, ३ जना बेपत्ता

  नयाँ बुलन्द  171 पटक हेरिएको

फिदिम । पाँचथरको मिक्लाजुङ गाँउपालीकामा पहिरो तथा खोलाले बगाउदा २१ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएकाे गाँउपालीका अध्यक्ष अमर माखिमले जानकारी दिएका छन् ।

गाँउपालीका अध्यक्ष माखिमका अनुसार विभिन्न गाँउमा गएको पहिरो र खोलाले बगाउदा यतिको संख्यामा मृत्यु भएको हो । २४ जनामा मध्ये २१ जनाको शव भेटिएको छ । अविरल बर्षाका कारण पहिरो जदा मिक्लाजुङमा ठुलो क्षती हुन पुगेको छ ।

उनका अनुसार मिक्लाजुङ–५ मा १५ जनाको मृत्यु २ बेपत्ता वार्ड न. १ मा २, वार्ड २ मा २ जना, ४ मा खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । यस्तै ७ मा २ जनाको मृत्यु भएको अध्यक्ष माखिमले जानकारी दिए । मिक्लाजु–५ को कुरुम्बामा एकैठाँउ ११ जनाको मृत्यु भएको छ ।

यस्तै फिदिम–४ मा दुई जना, फाल्गुनन्द गाँउपालीकामा–३ जना र कुम्मायमा पहिरोले पुरीएर एक जनाको मृत्यु भएको छ । टेलिफोन अवरुद्ध हुदाँ विभिन्न ठाँउमा भएको मृत्यु र क्षतीको घटना जानकारीमा आउन सकेको छैन् । जिल्लाका विभिन्न ठाँउमा दजर्नौ परिवार विस्तापित भएका छन् । मेची राजमार्ग लगायतका सडक अवरुद्ध छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार