इलाममा पहिरोले १३ जनाको मृत्यु

  नयाँ बुलन्द
2.9k Shares

इलाम : लगातारको वर्षापछिको पहिरोमा परी इलाममा १३ जनाको ज्यान गएको छ । पहिरोले पुरिँदा फाकफोकथुम गाउँपालिकामा एकै परिवारका ४ सहित ६ जनाको ज्यान गएको छ । फाकफोकथुम-३ आम्चोकमा एकै परिवारका ४ जनाको पहिरोले पुरेर ज्यान गएको प्रहरीले  जानकारी दिएकाे छ ।

घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ८० वर्षीय रनदत्ता थापा, १६ वर्षीय निशान कटुवाल र १३ वर्षीय निश्चत कटुवालको ज्यान गएको हो । ३ जनाको शव निकालिसकिएको र नैनसिंहको शव निकाल्ने काम भइरहेको छ ।

२ तले घरको भुईंतलामा सुतेका उनीहरुलाई पहिरोले पुरेको थियो । माथिल्लो तलामा सुतेका समीक्षा र गोमा कुटुवाल भने बच्न सफल भएका छन् । त्यस्तै सूर्योदय नगरपालिकामा ३, माई नगरपालिकामा १ र माङसेवुङ गाउँपालिकामा २ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इलाममा २ जना बेपत्ता रहेका छन् । पहिरोका कारण दर्जनभन्दा धेरै घर परिवार विस्थापित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार