बाढीले देउमाई-फाकफोक दोभानको पक्की पुल बगायो

  नयाँ बुलन्द  1012 पटक हेरिएको

माङसेबुङ : दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले इलामको देउमाई-फाकफोक खोलाको दोभानको पक्की पुल बगाएको छ ।
बाढीले माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने सो पक्की पुल बगाएको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
त्यस्तै बाढीले नजिकै रहेको गजुरमुखीधाम बारुङ जोड्ने पक्की पूल पनि जीर्ण बनाएको अध्यक्ष इडिङ्गोले जानकारी दिएका छन्  ।
बाढीले माङसेबुङ गाउँपालिका वडा नम्बर १ गजुरमुखीधाम आसपास देउमाई र फेवा खोलाले पनि ठूलो क्षति गराएको छ ।
४/५ वटा घरहरु क्षतिग्रस्त बनाएको र हजारौं बिघामा रोपिएको धान खेती बगाएको छ । हजारौं संख्यामा पशु पंक्षी चौपायाहरु क्षतविक्षत भएको अनुमान गरिएको छ ।
उद्धर कार्यमा सुरक्षा कर्मी (प्रहरी), जनप्रतिनिधि र स्थानीयहरु खटिरहेका छन् । क्षतिको पूर्ण विवरण आउन बाकी छ । अध्यक्ष इदिङ्गोले सचेत भएर सुरक्षित रहन गाउबासीलाई अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार