मुलुकका विभिन्न भागमा अविरल बर्षा, बाढी र पहिरोले ३ जनाको मृत्यु, अझै केही दिन बर्षा

काठमाडौं : मुलुकका विभिन्न भागमा अविरल बर्षासँगै बाढी र पहिरोले ३ जनाको मृत्यु भैसकेको छ । कात्तिक महिना लागिसक्दा पनि नेपालका अधिकांश क्षेत्रमा भारी वर्षा जारी छ । बर्षा अझै केही दिन जारी रहने मौसम पूर्वानुमान विभागले जनाएको छ ।

यसवर्ष विगतका वर्षमा भन्दा लामो समयसम्म वर्षा कायमै रहेकाले जनजीवन प्रभावित भएको छ । मंगलबार सुदूरपश्चिम प्रदेश, कर्णाली र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ भने देशभरका विभिन्न क्षेत्रमा बाढी पहिरो गएको छ ।

कर्णाली, महाकाली, नारायणी, गण्डकीलगायतका नदी उर्लिएर खतराको सतह पार गरेका छन् । यसबाहेक लुम्बिनी प्रदेश, वाग्मती प्रदेशलगायतका क्षेत्रमा हल्का वर्षा भइरहेको छ । मेघ गर्जन हुने, हावाहुरी चल्ने, बाढी पहिरो जाने भइरहेको छ ।

उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हिमपात र देशभरका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार