पछिल्लो २४ घन्टामा भारतमा १४ हजार १४६ जनामा कोरोना संक्रमण

काठमाडौ : पछिल्लो एक दिनमा भारतमा १४ हजार १४६ जना थप कोरोना भाइरसका संक्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।  यो सङ्ख्या २२९ दिनयताको सवभन्दा कम भएको पनि सो मन्त्रालयले जनाएको छ  ।

मन्त्रालयकाअनुसार भारतमा पछिल्लो एक दिनमा १९ हजार ७८८ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् ।  भारतमा अहिलेसम्म कोरोना मुक्त सङ्ख्या तीन करोड ३४ लाख १९ हजार ७४९ पुगेको सो मन्त्रालयले जनाएको छ ।  यहाँ हाल ९८: १० प्रतिशत व्यक्ति कोरोनाभाइरसबाट मुक्त भएका छन् ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको सङ्ख्या भने १ लाख ९५ हजार ८४६ पुगेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या २२० दिन यताको सव भन्दा कम भएको समाचारमा जनाइएको छ । योसँगै भारतमा कुल संक्रमितको सङ्ख्या तीन करोड ४० लाख ६७ हजार ७१९ जना पुगेको छ । यसैसँगै भारतमा कोरोना शुरु भएयता अहिलेसम्म कुल चार लाख ५२ हजार १२४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार