इलाममा ट्याक्टर दुर्घटना,एकको मृत्यु

  नयाँ बुलन्द
371 Shares

इलाम : इलामको माईजोगमाई गाउपालिका वडा २ को घारेगाउ भन्ने ठाउमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ । आज बिहान ११ बजे ट्याक्टर दुर्घटना भएको हो ।नयाँबजारबाट जोगमाई जाने क्रममा ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । मे १ त ६८९० नम्बरको ट्याक्टर दुर्घटना भएको हो। बाटोबाट करिब २० मिटर जति तल ट्याक्टर खसेको हो । ट्याक्टरमा सवार सोयाङ सिरिसेकि अन्दाजी ६६ बर्षिय मनमाया राईको घटनास्थलमै मृत्यु भएको माईजोगमाई गाउपालिका २ का वडा सदस्य राजकुमार राईले जानकारी दिए । मृत्यु हुने महिला माइत जाने क्रममा ट्याक्टरमा सवार थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार