प्रहरी र स्थानीय युवाबीच झडप, झडपमा प्रहरी सहायक निरीक्षक सहित ७ जना प्रहरी घाइते

  नयाँ बुलन्द  129 पटक हेरिएको

रुकुम : रुकुम पश्चिमको सदरमुकाम खंलगामा प्रहरी र स्थानीय युवाबीच झडप भएको छ ।

झडपमा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरासहित ७ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक कपिल शाहीले जानकारी दिनुभयो

घाइते प्रहरी सहायक निरीक्षक बोहरालाई राती नै उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौं ल्याइएको छ ।

शुक्रबार राती मुसिकोट नगरपालिका– १ स्थित बागबजारनजिकै पार्किङ्ग गरि राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले तोडफोड गर्ने युवालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै ढुंगामुढा र बोतल प्रहार गरेपछि स्थिति नियन्त्रण बाहिर पुगेको थियो । घटनामा संलग्न ६ जना पक्राउ परेका छन् भने चार जना फरार रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार