वैदेशिक रोजगारीमा जाने नेपालीलाई सीप अनिवार्य गर्ने योजना अलपत्र

काठमाडौं :  वैदेशिक रोजगारीमा जाने नेपालीलाई सीप अनिवार्य गर्ने योजना अलपत्र परेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार हरेक वर्ष ७० प्रतिशत नेपाली बिना सीप वैदेशिक रोजगारीमा जान बाध्य छन् ।

सरकारले वैदेशिक रोजगारीमा जाने युवाको सीप प्रमाणीकरण गर्नुपर्ने नियम लागू गरेको छैन । विभिन्न १२ क्षेत्रका कामदारलाई वैदेशिक रोजगारीमा जान सीप जानेकै हुनुपर्ने नियम लागू गर्ने भनेपनि त्यो लागु हुन सकेको छैन ।

जसका कारण बैदेशिक रोजगारीमा जाने नेपालीले विभिन्न समस्या झेल्दै आएका छन् । आवश्यक सीप–दक्षताको अभावमा धेरैजसोले ज्यादै न्यून तलबमा काम गर्नुपर्ने बाध्यता छ । कार्यस्थलमा हुने दुर्घटनाको एक कारण कामदारको अदक्षतालाई मानिएको छ ।

गत वर्ष २६ जना नेपाली श्रमिकले काम गर्दागर्दै ज्यान गुमाएका छन् । मेसिन चलाउन दक्षता नपुग्ने, कम्पनीले आवश्यक तालिम र सुरक्षा साधन पनि नदिने, काममा पर्याप्त सावधानी नअपनाउने लगायत कारणले कार्यस्थलमै श्रमिकहरूले ज्यान गुमाएका हुन् ।

गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या ठूलो दरमा घट्यो । गएका श्रमिकमध्ये पनि करिब ५० प्रतिशत दक्ष थिएनन् । गत आर्थिक वर्षमा श्रम इजाजत नवीकरण गरेर जानेसहित एक लाख ६६ हजार ६९८ नेपाली श्रमिक विदेश गएका थिए । तीमध्ये ८० हजार अदक्ष कामदार थिए ।

त्यसैगरी, ७० हजार सामान्य सीप जानेका र १५ हजार ५ सय मात्र सीपयुक्त जनशक्ति थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार