वायु प्रदुषणका कारणले हुन्छ, वार्षिक ७० लाखको मृत्यु !

  निनाम कुलुङ 'मंगले'  137 पटक हेरिएको

पछिल्लोपटक लगातार रुपमा असामान्य ढंगले बढ्दै गएको जलवायु परिवर्तन र मौसम परिवर्तनका कारण विश्वका धेरै देशमा असामायिकमा रुपमा पानी पर्ने, मुसलधारे वर्षा हुने, हिमपात हुने, आँधीबेहरी आउने, हिऊँ पग्लने, हावाहुन्डरी चल्ने, समुन्द्रमा पानीको सतह बढ्ने आदि क्रम बढ्दै गएको छ । हुन पनि गत वर्ष (२०७७) को पुस–माघ महिना ताका नेपालको केन्द्रीय राजधानी कठमाण्डौमा लगातार तीन दिनसम्म कुहिरो, हुस्सु अथवा भनौं तुवाँलो लाग्नाले पटक्कै घाम लागेन । घाम नलागेको मात्रै होइन, हावा पनि चलेन । फलतः ‘बाउल/कचौरा’ आकारको काठमाण्डौ उपत्यकालाई अरु समयमा भन्दा बढी वायु प्रदुषणले च्यापेको थियो । चिसो पनि सामान्य अवस्थाभन्दा अत्यधिक बढेको थियो ।

त्यस्तै यो वर्ष पनि हालसम्म मनसुन रोकिएको छैन ! (संभवतः आज वा भोलिदेखि रोकिन्छ कि ?! यो लेख असोज ७ गते लेखिएको हो ।) जबकि नेपालका मौसमविदहरुले गत भदौ २, ३ गतेखि नै यो वर्षको मनसुन अब दुई–तीन दिनमा रोकिन्छ !, भोलि वा पर्सीदेखि रोकिन्छ !! भन्दै आएका थिए/हुन् । त्यसो त हालै विश्व स्वास्थ्य संगठन/वल्र्ड हेल्थ अर्गनाईजेसन (डब्लुएचओ) ले प्रकाशित गरेको वायु प्रदुषण सम्बन्धी एक अध्ययन प्रतिवेदनअनुसार वायु प्रदुषणका कारण विश्वका विभिन्न देशमा वर्षेनी ७० लाख मानिसहरुले अल्पायुमै आप्mनो अमूल्य जीवन गुमाउँछन् । वास्तवमा वायु प्रदुषणका प्रमुख कारण औद्योगिक उत्पादन, उद्योग–धन्दा र कलकारखाना भए तापनि जलवायु र मौसम परिवर्तनलाई पनि अर्को प्रमुख कारण मान्न सकिन्छ ।

हुन पनि विज्ञहरुका अनुसार नेपालको राजधानी काठमाडौ विश्वकै ५० प्रदुषित सहरमध्ये पहिलो नम्बरमा रहेको थियो/छ ! सो समयमा डा. माधव अधिकारीले ‘नेपाल समाचारपत्र दैनिक’मा एक लेखमा लेखेअनुसार वायुको गुणस्तर सूचांक (एक्युआई) काठमाण्डौको रत्नपार्कमा ३७१, ललितपुरको भैंसेपाटीमा ३२९, र भक्तपुरमा २१६, चितवनको सौराहामा २१० अंक रहेको थियो, गत वर्ष । जबकि सोही लेखमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार भने, वायुको गुणस्तर सूचांक (एक्युआई) ३५ भन्दा कम राम्रो हो । त्यस्तै ५१ देखि १०० सम्म सामान्य हो भने, २०१ भन्दा माथि अस्वस्थ्यकर हो । साथै ३०१ भन्दा माथि घातक हुन्छ । यसरी हेर्दा नेपालमा जहाँजहाँ वायुको गुणस्तर सूचांक (एक्युआई) मापन गरिएको थियो, ती सबै ठाऊँमा वायुको गुणस्तर सूचांक (एक्युआई) अत्यधिक घातक रहेको देखिन्थ्यो ।

त्यसो त माथि नै एक प्रसंगमा वायु प्रदुषण बढ्नुमा उद्योग–धन्दा र कलकारखाना प्रमुख जिममेवार रहने गरेको भनिए तापिन नेपाल जस्ता अविकशित र अल्प विकशित देशहरुमा वायु प्रदुषण बढ्नुमा ३०, ३५, ४० वर्षभन्दा पूरानो बस, कार, जिप, भ्यान, मोटर साईकल लगायत गाडीहरु अभै पनि चल्न दिनु (करको लोभमा) यसरी पूरानो (३०, ३५, ४०) ः बस, कार, जिप, भ्यान, मोटर साईकल लगायत गाडी चलाउनेहरुका अनसुार यस्तो सवारी साधनमा सरकारले बढी कर लिई रहेको छ । साथै युरो मापदण्ड पूरा नभएको पेट्रोल, डिजेल, ग्यास, कोइला लगायत औद्योगिक इन्धनहरु, धेरै जसो नेपालीको घरमा भात–भान्सा तयार गर्न काठ–दाउराको प्रयोग गर्ने, गोबरको गुईठा बाल्ने भुस र फुसलाई पनि इन्धनका रुपमा प्रयोग गर्ने गर्नाले पनि हो ।

त्यसो त गएको केही वर्षदेखि विश्वका धेरै देशहरु जस्तै चीन, अष्ट्रेलिया, अमेरिका, नेपाल, ब्राजिल, क्यानाडा लगायतका देशमा कयौ दिन वा हप्ता दिनसम्म पनि अनियन्त्रित ढंगले वन, जंगलमा लगातार रुपमा लाग्ने गरेको आगलागी र डढेलोले पनि वायु प्रदुषण बढाउनका लागि सहायक भूमिका खेलेको देखन्छ । यसरी धेरै अघिदेखि विश्वभरि जलवायु परिवर्तन र मौसम परिवर्तनसँगै वायु प्रदुषण पनि बढ्दो क्रम रहेको देखन्छद्ध । त्यसैले यसको असर कम गर्नका लागि सम्बन्धित विषयमा चासो राख्ने विषय विज्ञ, वैज्ञानिक, खोज–अनुसन्धानकर्ता, वातावरणविद लगायत जलवायु परिवर्तन र त्यसले निम्त्याएको वायु प्रदुषणका बारेमा चिन्ता व्यक्त गर्दै आवाज उठाउँदै आएका छन् । त्यसो भए तापनि जलवायु परिवर्तनका कारण हुने वातावरण विनास, हिमनदी पग्लने क्रम र, यसले हिमाली र पहाडी क्षेत्रमा बसोवास गर्ने मानिसहरुमा पार्ने दीर्घकालीन असर, स्वच्छ पानीको मुहान सुक्ने वा अन्त्य हुने, बेमौसममा आउने बाढी, पहिरो आदिका लागि कसले जिम्मेवारी लिने र यसका रोकथामका लागि कस–कसले कसरी काम गर्ने ? भन्ने विषयमा मतैक्य हुन सकेको छैन ।

त्यसैले जलवायु परिवर्तन र मौसम परिवर्तनसँगै अर्को मुख्य समस्याको रुपमा रहेको वायु प्रदुषणका कारण आउने दीर्घकालीन असर क मगर्न नसके अबको ५० वर्षमा अरु कुरोहरुका साथै कञ्चन, स्वच्छ र शुद्ध खाने (पिउने !) पानीको संकटका साथै खाद्यान संकटको पनि ठूलै समस्या आईपर्ने छ, मानवका लागि ।

त्यसो त संयुक्त राष्ट्र संघसँग सम्बन्धत स्वास्थ्य निकायले सन् २००५ मै वायुको गुणस्तर सम्बन्धी निर्देशिका (एक्युजी) जारी गरी सकेको भनी सहयोगी सेतोपाटी अनलाइन पत्रिकाले २०७८ असोज ७ गते प्रकाशत एक समाचार/फिचरमा राससलाई उद्धृत गर्दै जनाएको छ । भनिन्छ , वायु प्रदुषण पनि मान्छेका लागि विभिन्न रोग सार्ने/सर्ने प्रमुख माध्यमध्ये एक  हो । त्यसैले यो मामिलामा कुनै एक देश, एक क्षेत्र, एक समुदाय वा समूह, एक वर्ग, लिंग र जात वा जाति विशेषले मात्रै ध्यान दिएर पुग्ने कुरो होइन । उनीहरुले मात्रै ध्यान दिएर पुग्दैन । त्यसैले हामीले हाम्रो पृथ्वीलाई पछिसम्म बचाई राख्न र हाम्रो जीवनलाई सकेसम्म स्वस्थ्या र तन्दुरुस्तका साथ बचाई राख्नका लागि वायु प्रदुषण कम गर्न सक्दो प्रयास गर्नेपर्ने देखिन्छ । \

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार