जनगणनामा थर लेख्ने प्रचलन  

  निनाम कुलुङ 'मंगले'
98 Shares

लामो समयदेखि (लगभग एकसय २० वर्ष अघिदेखि) नेपालमा पनि राष्ट्रियस्तरमा जनगणना हुँदै आएको छ । यसरी हेर्दा नेपाल सरकारले हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना गर्ने गरेको छ । त्यस्तै १२ औं राष्ट्रिय जनगणना गएको  जेठ २५ देखि असार ७ गते (विसं २०७८) मै भई सक्नुपर्ने थियो । तर, कोरोना महामारीको दोस्रो लहरले त्यही सेरोफेरोमा नेपाललाई लपेटेकोले गर्दा सरकारले अनिश्चित कालसम्म जनगणनालाई स्थगित गरेको थियो । तर, स्थगित सो जनगणना अब यही कात्तिक २५ देखि मंसिर ९ सम्म हुँदैछ ।

हुन त विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामै कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ र कुलुङ मातृभाषी संख्या ३३ हजार १७० आएको छ । सोही आधारमा नै केन्द्रीय तथ्यांक विभाग (केतवि) ले आगामी १२ औं राष्ट्रिय जनगणनामा पनि कुलुङ जातिका लागि अलग्गै जातिगत र भाषागत कोड उपलब्ध गराएको छ । यसरी केन्द्रीय तथ्यांक विभागले आगामी १२ औं राष्ट्रिय जनगणनाका लागि कुलुङ जातिलाई उपलब्ध गराएको ‘जातिगत कोड–६२’ रहेको छ भने, कुलुङ ‘मातृभाषागत कोड–२९’ रहेको छ । त्यसैले हामीहरुले हाम्रो समुदाय (कुलुङ) लाई जनगणनबारे बताउँदा वा प्रशिक्षित गर्दा यही अनुसार सूचीत गरौं÷गराऊँ ।

स्मरण रहोस्, हामीलाई कसैले (वास्तविकता नबुझेर कुलुङ–कुलुङबीचमै पनि) ‘कुलुङ’ होइन, कुलुङ ‘राई !’ वा ‘राई !’ मात्रै लेखौं भन्न सक्छन् । तर, त्यसरी ‘कुलुङ’ मात्रै नलेखेर, कुलुङ ‘राई !’ वा ‘राई !’ मात्रै लेख्दा हाम्रो (‘कुलुङ’) को जनसंख्या फेरि पनि विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा जस्तै ‘राई !’ मा गाभिन जान्छ र, कुलुङको वास्तविक जनसंख्या कम आउँछ । त्यसैले हामीले फेरि पनि विसं २०६८ मा जस्तो कुलुङ ‘राई !’ कुलुङ वा ‘राई !’ मात्रै लेखेर गल्ती वा भूल नगरैं, हाम्रो असली कुलुङ जातीय स्वपहिचान र जनसंख्या आपैmले नहटाऊँ÷नघटाऊँ ! किनभने, विसं २०६८ मा पनि हाम्रा सोझासाझा कुलुङहरुलाई र कतिपय ठाउँमा त पढालेखा भनिएका र जनगणनामा खटिएकै शिक्षक÷शिक्षिकाहरुले नै कुलुङ जातिका बुद्घिजीवीहरु र कुलुङ संघको केन्द्रीय कार्य समितिमा रहेका जिम्मेवारहरुले समेत जात वा जातिको महलमा ‘कुलुङ’ मात्रै लेख्नुको सट्टा कुलुङ ‘राई !’ ‘राई !’ मात्रै लेखे, लेखाए । तर, विसं २०७४ को स्थानीय निर्वाचनपछि त्यस्ता केही कुलुङहरुले स्थानीय तहमा ‘कुलुङ’ संघको सिफारिसमा ‘उहाँको नागरिकतामा ‘राई !’ वा गाई !’ जे भए तापनि उहाँ जन्मसिद्घ रुपमै कुलुङ हो’ भनी सिफारिस गरेर पठाएपछि मनोनित पनि भएका छन् । त्यसैले अब उहाँहरु जस्ता व्यक्तिहरुले पनि विसं २०६८ को जनगणनामा कुलुङबारे गरेको÷भएको भूल वा कमीकमजोरीलाई स्वीकर गर्दै सो प्रसंगलाई सकारात्मक ढंगले जोडेर प्रचारप्रसार गर्नु हुनेछ, अग्रिम मोर्चामा खट्नु हुनेछ भन्ने आशा र अपेक्षा गरेको छ, कुलुङ जातको मातृ संस्था ‘कूलू गूसखोम’ ले । यो वेला उहाँहरुले त्यसरी खट्नु पनि पर्छ, यो वेला ।

हनु पनि जनगणनामा आएको तथ्यांकले जातजाति, भाषाभाषी, समुदाय, धर्म, लिंग, वर्ग क्षेत्र आदि को–कति संख्यामा छन् ? भनी बताउँछ । त्यसैको आधारमा सरकारले आप्mना देशका जातजाति, भाषाभाषी, समुदाय, धर्म, लिंग, वर्ग, क्षेत्र आदिलाई प्राथमिकतामा राखेर बजेटिङ गर्नेगर्छ, त्यसमा पनि उनीहरुको शिक्षा, चेतनाको स्तर, जागिर, राजनीतिक दलमा आवद्धता, औसत आयु, औसत कमाई, आयआर्जन आदिमा औसत राष्ट्रियस्तरभन्दा तल परेका÷रहेका समूह, वर्ग, जात वा जाति र समुदायलाई प्राथमिकतामा राखेर बजेटिङ गर्ने, विकासका योजनाहरु तर्जुमा गर्ने गरिन्छ । नेपालमा पनि नेपाल सरकार मन्त्री परिषद अन्तर्गत रहेको र, राष्ट्रिय योजना आयोगको एक अंगको रुपमा रहेको केन्द्रीय तथ्यांक विभाग (केतवि) ले हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना गर्नेगरेको छ ।

सरकारले जनगणनामा आएको तथ्य–तथ्यांकलाई आधार मानेर जातजाति, भाषाभाषी, समुदाय, धर्म, लैंिगकता, भूगोल, वर्ग, मजदुर, पिछडिएको क्षेत्र आदिलाई लक्षित उनीहरुकोे उत्थानका लागि विभिन्न ‘कार्यदल, समिति, प्रतिष्ठान, आयोग, प्राधिकरण’ आदि गठन गरेरै काम गरेको देखिन्छ । भलै त्यो कत्तिको प्रभाकारी भएको छ ? प्रश्न गर्न सकिन्छ । तापनि सरकारले समावेशी आयोग, महिला आयोग, आदिवासी जनजाति आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आदिवासी आयोग नै गठन भई सकेपछि प्रतिष्ठान खारेज गर्नुपर्ने देखिन्छ ।), थारु आयोग, दलित आयोग, मधेसी अयोग, सुकुम्बासी आयोग आदि इत्यादि गठन गरेको छ ।

नेपालको सन्दर्भमा, राष्ट्रिय जनगणना हरेकपटक विवादित हुने गरेको छ, अविश्वासिलो हुने गरेको छ । धेरै जसोले (आप्mनो स्वार्थ अनुकूल नभएको वा नहुने थोरैले) जनगणनाको तथ्यांकलाई तथ्यांक नभएर मिथ्यांक भन्ने गरेका छन् । यस्तो हुनुमा केही तथ्यगत कारणहरु पनि छन् । जस्तै यो पंक्तिकार तेह्रथुम जिल्लाको स्थाई वासिन्दा हो । तेह्रथुम जिल्लामा मोराहाङ भन्ने गाविस÷गाउँ छ, सो गाउँ हाल ‘मेन्छ्यायाम गाउँपालिका’मा पर्छ । विसं २०६८ मा गरेको ११ औं राष्ट्रिय जनगणनाअनुसार सो गाउँमा बादी जातिको बसोवास रहेको÷देखाईएको छ । तर, मोराहाङ त के संभवतः तेह्रथुम जिल्लाभरिमै बादी जातिको स्थाई बसोवास छैन ! यस्तो तथ्यांकलाई मिथ्यांक नभनेर के भन्ने……

स्मरणीय छ, विसं २०६८ मा गरेको ११ औं राष्ट्रिय जनगणनाअनुसार नेपालमा १ सय २५ जातजाति, १ सय २३ भाषाभाषी र मुख्य ९ धार्मिक समूह रहेका छन् । नेपालको विविधता, जातजाति, भाषाभाषी, धार्मिक समूह÷सम्प्रदाय आदि के हो ? भनी राम्रोसँग बुभ्mनेहरुका लागि नेपाल वास्तवमै विविधताले भरिपूर्ण ‘साझा फुलबारी’को देश हो भन्ने देखाउँछ ।

नेपालको जनगणनामा थर लेख्न कहिले सुरु भयो ?

नेपालको जनगणनाको इतिहास र सन्दर्भमा थर लेख्ने प्रचलन कहिलेदेखि सुरु भयो ? भन्दा विसं १९७६ को जनगणनामा पहिलो पटक थर लेख्ने प्रचलन सुरु भएको देखिन्छ । किनभने, विसं १९७६ को जनगणनाको सन्दर्भमा जारी गरिएको इस्तिहारमा ‘गणकले जात जाति छुटाउन गाह्रो भयो भने “तालुकदारका चित्तले जुन सह्रलेख्ने ठहर हुन्छ सो लेखे हुन्छ, मानिस गन्तीमा फरक परेमा बात लाग्छ” भनिएको छ । त्यस्तै त्यो वेला जारी गरेको सो इस्तिहार (हालको राजपत्र जस्तै होला, त्यो वेला इस्तिहार भनेको) मा गणक वा सुपरभाइजरलाई ‘व्राम्हणजातको कुनै पनि थरअनुरुपको जनसंख्या नछुटाई ल्याउने आदेश÷उर्दी !’ जारी गरिएको थियो । सन्दर्भ स्रोतः ‘जनजाति’ वर्ष १, अंक १–२ मा प्रकाशित बालकृष्ण माबुहाङको लेख । यसरी हेर्दा आजभन्दा एकसय वर्षअघि नै बाहुनहरुको थर राज्यस्तरबाटै लेख्ने प्रचलन सुरु भएको देखिन्छ । संभवतः क्षेत्री, ठकुरी, सन्यासी, कामी, दमै आदिको पनि यही नियम लागू भयो कि ? यो मेरो अनुमान मात्रै हो ।

तर, आदिवासी जनजातिका सन्दर्भमा भने जनगणनामा थर लेख्ने, लेखाउने सम्बन्धमा के हो, कसो हो यसै भन्न सकिने अवस्था रहेन । केही आदिवासी जनजातिहरुले भने केही वर्ष अघिदेखि नै जनगणनामा वा व्यक्तिगत रुपमा आप्mनो थर लेख्ने, लेखाउने र आप्mनो थरले चिनिने गरेको देखिन्छ । जस्तै यहाँ उदाहरणका लागि लिम्बु जाति लिऊँ । लिम्बु जातिका मान्छेहरुले आप्mनो नामको पछाडि ‘नेम्बाङ, शेर्मा, कन्दङवा, तुम्बाहाङफे, थेबे, पालुङवा, इङनाम, फुदोङ, खापुङ, खेवा’ आदि लेखे तापनि अरु जाति वा समुदायले उनीहरु लिम्बु हुन् भनेर चिन्छन्, चिन्न थाले ।

तर, हामी ‘राई !’ भन्नेहरुले भने अहिलेसम्म पनि विगतमा विभिन्न शासकहरुले स्थानीयस्तरमा शासन गर्न दिएको ‘राई !’ पद, पदवी वा पगरीलाई नै जात वा जाति लेख्नुपर्ने÷मान्नुपर्ने वाध्यतात्मक स्थितिमा छौं ! वा ‘राई !’ हौं भन्दै आएका छौं भने कुलुङ, बान्तावा, चाम्लिङ, आठपहरिया, जेरो, याम्फु आदिचाहिँ राईको थर हो भन्ने गरेका छौ. । त्यसैले हामीले ‘कुलुङ राई होइन, अलग्गै जाति हो !’ भन्यौं  भने, ‘कहाँ हुनु कुलुङ त राईभित्रको एक थर हो !’ भन्नेहरु ब्रगेल्ती भेटिन्छ । यस्तो बुझाई नेपालका धेरै जातजाति र धेरै मान्छहरुमा छ । यस्तो किन भयो ? भन्दा राई के हो ? भन्ने सम्बन्धमा अरु त अरु नै भई गए, प्रा., डा., प्राडा, भाषाविद, जातिविद, संस्कृतिविद, समाजशास्त्री, मानवशास्त्री आदि भनिनेहरु र विज्ञ भनिनेहरु ‘कन्प्mयुजन’मा छन् ।जबकि कुलुङ जातिभित्रै लगभग ३८० वटा थर र उपथरहरु छन् । तर, कुलुङलगायत अन्य किरातीहरु कहिले बाहुन, क्षेत्री, ठकुरी, सन्यासी आदि जातजाति जस्तो आप्mनो थर पोखरेल, निरौला, सुवेदी, घिमिरे, थापा, कटुवाल, बस्नेत, कार्की, सिंह, मल्ल, हमाल, गिरी पुरी, भारती आदि लेखे जस्तै लेख्ने, चिनिने होला ?

जस्तै यहाँ उदाहरणका लागि कुलुङ जातिको केही थरहरु प्रस्तुत गरिएको छः “थीम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बू, होबेर्मी, थोरेप्पा, मोरोखू, होनीत्ती, बूक्खो, सोम्फोरु, देउराम, रोतेम्बू, सूर्बा, रेम्नीसीङ, सैमालूङ, लाम्लछा, ताम्बूछा, तोर्ङो, पीदीसै, राजीत्ती, थोप, वारोखू, गोक्तूलू, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बू, मोल्थो, येइसा, रीबीत्ती, रुखूपो, कूबीत्ती, ङोपोचो, बीजीदेउ, तोङेर्बू, थोप, रीन्हो, छेन्हो, वादीरी, गदूहो, देमाखू, हीमार, दवार, खाप्चीसीङ, छाम्नीहो, नीछीती, पायात्ती, मोरोमूल, मोरोखू, फोनीबू, पोखोथी, ओखोथी, मूम्हो” आदि । स्मरणीय छ, कुलुङ जातिभित्रै ३८० वटाभन्दा बढी थर÷उपथरहरु रहेकै कारण कुलुङ–कुलुङबीचमै आपस्तमा विवाहवारी चल्छ÷हुन्छ ।

अरुहरुले जे सुकै लेखे, लेखाए तापनि हामी कुलङलेचाहिँ यही कात्तिक २५ देखि  मंसिर ९ सम्म हुने जनगणनामा जातिको महलमा ‘कुलङ’ र, थरको महलमा “थीम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बू, होबेर्मी, थोरेप्पा, मोरोखू, होनीत्ती, बूक्खो, सोम्फोरु, देउराम, रोतेम्बू, सूर्बा, रेम्नीसीङ, सैमालूङ, लाम्लछा, ताम्बूछा, तोर्ङो, पीदीसै, राजीत्ती, थोप, वारोखू, गोक्तूलू, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बू, मोल्थो, येइसा, रीबीत्ती, रुखूपो, कूबीत्ती, ङोपोचो, बीजीदेउ, तोङेर्बू, थोप, रीन्हो, छेन्हो, वादीरी, गदूहो, देमाखू, हीमार, दवार, खाप्चीसीङ, छाम्नीहो, नीछीती, पायात्ती, मोरोमूल, मोरोखू, फोनीबू, पोखोथी, ओखोथी, मूम्हो” आदि लेखौं, लेखाऊँ ।

स्मरण रहोस्, फेरि पनि दोहोर्याएर भन्नु पर्दा केन्द्रीय तथ्यांक विभाग (केतवि) ले यस पटकको जनगणनामा कुलुङ जातिलाई उपलब्ध गराएको जातिगत कोड–६२ रहेको छ भने, भाषागत कोड–२९ रहेको छ है, कुलुङ जातिका अगुवा कामरेडहरु ?!।…..

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार