आज देशका धेरैजसो स्थानमा मौसम बदली हुने

आज  धेरैजसो स्थानमा मौसम बदली हुने प्रक्षेपण

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज  केही दिन देशका धेरैजसो स्थानमा मौसम बदली हुने प्रक्षेपण गरेको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै यस्तो जानकारी दिएको हो।

‘धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको समेत सम्भावना छ,’ बुलेटिनमा भनिएको छ, ‘उच्च पहाडी तथा हिमाली भूभागहरूमा हिमपातको पनि सम्भावना छ।’

भारतको आन्द्रप्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपासको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले शनिबारबाट नेपालमा आंशिकदेखि सामान्य बदली हुने र आइतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली हुने महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार