जोशमा होस गुमाउँदा खानेकुरा नै विषाक्त बनेर स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ

  नयाँ बुलन्द  45 पटक हेरिएको

काठमाडौं : मीठो खाने र राम्रो लगाउने दशैं पर्वभित्रको मनोविज्ञान हो । पर्व मनाउने नाममा जोशमा होस गुमाउँदा खानेकुरा नै विषाक्त बनेर स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । दीर्घ रोगी, पाको उमेर भएका र अन्यहरुले पनि पर्व मनाउँदा खानपानमा विशेष पथपरहेज बस्न जरुरी छ ।

दशैं भन्ने वित्तिकै सामान्यतः खानपिन गर्ने र रमाइलो गर्ने पर्वको रुपमा बुझिन्छ । टाढा–टाढाबाट आएका आफन्त भेटघाट हुने, रमाईलो गर्ने, मीठोमसिनो खाएर दशैं मनाउने गरिन्छ । तर दशैंमा रमाईलो गर्ने नाममा खाएका खानेकुराले स्वास्थ्यलाई पर्ने असरबारे धेरैले चासो राखेको पाईंदैन । खानपिनमा ध्यान नदिँदा दीर्घकालीन असर पर्ने खतरा हुन्छ । सफा र स्वच्छ खानेकुरा नखाएका कारण दशैंका बेला बर्सेनी धेरै मानिस विरामीसमेत पर्ने गरेको चिकित्सकहरुले बताएका छन् । दशैं मनाउने नाममा मात्रा नमिलाई खाँदा स्वास्थ्यलाई हानी पुग्ने डा. ध्रुव गैरे बताउनुहुन्छ ।

दशैंमा मासुजन्य पदार्थको बढी प्रयोग हुन्छ । पौष्टिक तत्वका हिसावले माछा मासु राम्रो स्रोत भए पनि यसमा कोलेस्ट्रोल, चिल्लो पदार्थ, प्रोटिन पनि प्रशस्त हुने भएकाले सन्तुलित रुपमा उपभोग गर्न नसक्दा समस्या थप्छ । युरिक एसिड भएका व्यक्तिले रातो मासु र मादक पदार्थ तथा बढी प्रोटिनयुक्त खाना सकभर खान नहुने चिकित्सकहरुले सुझाव दिएका छन् । सामान्य मानिसले पनि रातो मासु बढी खाएमा युरिक एसिडको जोखिम बढाउने चिकित्सकहरुको भनाइ छ । उच्चरक्त चाप, मधुमेह लगायतका दिर्घरोगीहरुले मात्रा मिलाएर मात्र खान चिकित्सकको सुझाव छ ।

अधिकांश नेपालीले ताजा मासु खाने गरेका छन् । तर डिप फ्रिजमा राखिएको मासुलाई स्वस्थकर मासु मानिन्छ । मासु काट्ने वितिकै भन्दा डिप फ्रिजमा राखिएको मासुमा किटाणु नहुने भएकाले स्वास्थका लागि राम्रो हुने चिकित्सकहरु बताउँछन् । मीठो परिकार खाँदा एकछिन् त सबैको मन खुसी हुन्छ । तर त्यसले स्वास्थ्यमा पार्ने असरतर्फ ध्यान दिन नसकिएमा दशैं दशा बनेर आउन सक्छ । त्यसैले चाडबाडमा बेला खानपानमा बढी नै सजगता अपनाउनुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार