दुर्घटनामा मृत्यु भएको परिवारलाई सरकारको राहत

दुर्घटनामा मृत्यु भएको परिवारलाई सरकारको राहत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वमा भएका सवारी दुर्घटनाप्रति चिन्ता व्यक्त गर्नु भएको छ । बिभिन्न जिल्लामा भएक सडक दुर्घटनाले आफू स्तब्ध भएको बताउँदै प्रधानमन्त्री देउवाले दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नु भएको छ । मुगुमा मंगलबार बस दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको थियो ।

प्रधानमन्त्री देउवाले सार्वजनिक(निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन सम्बन्धित सबैको ध्यानाकर्षणसमेत गराउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार