मुगु दुर्घटना : मृतकको संख्या ३२ पुग्यो

  नयाँ बुलन्द  57 पटक हेरिएको

काठमाडौ । मुगुमा भएको बस दुर्घटनामा मृतकको संख्या ३२ पुगेको छ। नेपालगञ्जबाट गमगढीका लागि जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका-७ मा दुर्घटना भएको थियो।

दुर्घटनामा परी घाइते भएका १६ जनालाई भने हेलिकप्टरबाट उद्धार गरी नेपालगंज लगिएकोमा चार जनाकाे उपचारका क्रममा मृत्यू भएकाे छ।मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार २४ जनाको घटसास्थलमा र अन्य चार जनाको अस्पताल लैजादै गर्दा मृत्यू भएको  हाे। नेपालगंज पुयार्याएपछी समेत थप चार जनाकाे मृत्यु भएकाे हाे ।

घटनास्थलबाट मृतकको शव संकनलन गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल मुगुमा लगिएको छ।

गृह मन्त्रालयले दुर्घटनामा घाइते भएकाहरुको उद्धारका लागि दुई हेलिकप्टर पठाएको थियो।

गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि मन्त्रालयले नेपाली सेना र समिट एयरका गरी दुई हेलिकप्टरलाई घटनास्थल पठाएर घाइतेको उद्धार गरेको हो।

गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपाली सेना र समिट एयरको हेलिकोप्टरले घाइतेहरुलाई नेपालगंज पुर्याएर उपचार थालिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार