सामाजिक सुरक्षा भत्ता पाएनन् ज्येष्ठ नागरिकले-भत्ताले दशैंमा चामल किन्ने योजना अधुरै

  नयाँ बुलन्द
126 Shares

सामाजिक सुरक्षा भत्ता पाएनन् सिद्धिचरण नगरपालिकाका ज्येष्ठ नागरिकले-भत्ताले दशैंमा  चामल किन्ने योजना अधुरै

ओखलेलढुंगा । सिद्धिचरण नगरपालिका ११ ओख्रेकी ८१ बर्षीय हिमकुमारी बुढाथोकी दशैंअघि सरकारले दिने ज्येष्ठ नागरिक भत्ता लिएर राम्रोसंग दशैं मनाउने आसमा बस्नुभएको थियो । गत शुक्रबार नगरपालिकाले बैंंकमा पैसा पठाएर आइतबार ज्येष्ठ नागरिकलाई उपलब्ध गर्ने भनेपनि उहा आइतबार विहान ८ बजे लक्ष्मी बैंक शाखा ओखलढुंगामा लाइन बस्न पुग्नुभयो ।

विहान १० बजे बैंक खुलेसंगै बैंकका कर्मचारीले पैसा आइनपुगेको जानकारी दिए । बैंकको यो जवाफ सुन्नासाथ हिमकुमारीको आखा रसाए । वाहाले भक्कानीदै भन्नुभयो,‘सरकारले भत्ता थपगरेर दिनको त हामीलाई नदिने पो रहेछ ।’ बुढाबुढीका नाममा आएको पैसा नगरपालिकाले रोकेर दशैं मनाउन नदिने भयो कस्तो नगरपालिका ? वहाले प्रश्न गर्नुभयो ।’ यही भत्ता आउछ भनेर काढेको ऋण र खाएको उधारोका कारण साहुबाट नराम्रो हुने समेत बुढाथोकीले गुनासो गर्नुभयो । दशैं मनाउनै नपाएपछि सरकारले पठाएको भत्ता हामीलाई किन चाहियो  भन्दै बुढाथोकीले बैंकका कर्मचारीसंगैं आक्रोश पोख्नुभयो ।

दुबै आँखा राम्रोसंग देख्न नसक्ने सिद्धिचरण नगरपालिका ११ मिलनचोकी ७१ बर्षीया फुलमाया विक र वहाका श्रीमान ७३ बर्षीय लिलाबहादुर विक भत्ता निकालेर दशैंमा  चामल किन्ने योजनाका साथ एक अर्काको सहारामा बैंक आइपुग्नुभयो । लक्ष्मी बैंक हाखा कार्यालय आइपुग्नासाथ विक दम्पतिलाई सुरक्षागार्डले नै पैसा नआएकाले कसैलाई दिएको छैन भनेपछि विक परिवारको दशैं मनाउने सपना चकनाचुर भयो । बुढाबुढी र अशक्तलाई आएको पैसा नगरपालिकाले नदिएर यसपटकको दशैं मनाउन नपाईने अवस्था आएको विक दम्पतिले गहभरी आँशुपार्दै दुखेसो पोखे ।

यी त प्रतिनिधि पात्र मात्र हुन् । सिद्धिचरण नगरपालिका भित्रका भत्ता खाइरहेका करिव ४ हजार  नागरिक दशैं अघि सामाजिक सुरक्षाभत्ता पाउनबाट बञ्चित परेका छन् । दशै. अघि सिनपा ७ र ९ बाहेकका प्राय सबै वडाका ज्येष्ठ नागरिकले भत्ता नपाएको गुनासो गरेका छन् । सिद्धिचरण नगरपालिका ११ का ज्येष्ठ नागरिकको भत्ता बैंकिङप्रणली मार्फत राष्ट्रि बाणिज्यबैंक बाट दिदै आएकोमा यस पटक नगरपालिकाले निजी बैंकमा सार्ने निर्णय गरेर जनतालाई दुख दिएको सिद्धिचरण नगरपालिका वडा नम्बर ११ का अध्यक्ष विनोद कुमार केसलिे बताउनुभयो । वडासंग समन्वयनै नगरी भैरहेको खाता अर्को बैंकमा खोल्ने निर्णय गरेर दशैंको मुखमा ज्येष्ठ नागरिकलाई अनावश्यक दुख दिएको वाहाको आरोप छ । वडा नम्बर ११ का साढे २ सय ज्येष्ठ, एकल, तथा अपांगता भत्ता खाने नागरिक छन् ।

कुमारी बैंक शाखामा वडा नम्बर १ तलुका र वडा नम्बर ११ का भत्ता लिन आएका ज्येष्ठ नागरिकहरु निकै समय बैंकको पिडिमा बसेर अलाप विलाप पछि रित्तोहात फर्किएका छन् । हाल सम्म उनिहरुको खाता समेत अपडेट नभएको बैंकहरुले जनाएका छन् । नगरपालिका बाट समयमा निकासा नहुँदा चेक क्लियरिङ ढीलो भएकाले समस्या आएको लक्ष्मी बैंक ओखलढुंगाका कर्मचारी कृष्ण काफ्लेले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता बापतको रकम दशैं अघि दिने सम्भावना कम हरेको वहाको भनाइ छ ।

सिद्धिचरण नगरपालिकाले नगरक्षेत्रमा सञ्चालित सबै निजि बैंकहरुलाई वडागत विभाजन गरेर गत विहिबार नै निकासा पठाएको जनाएको छ । बंैकिङ सिस्टम अनुसार बाणिज्य बैंकको चेक क्लियरिङ ढिला हुँदा समस्या आएको हुनसक्ने नगरपालिकाको भनाइ छ  । दशै विदा भन्दा १५ दिन अगावै शिक्षक तथा कर्मचारीको तलव भत्ता तथा सामाजिक सुरक्षाभत्ता निकासा गर्नुपर्ने व्यवस्था भएपनि यस पटक नगरपालिका तथा कोलेनीकाले ढिला निकासा गर्दा टाढा टाढाका शिक्षक, कर्मचारी तथा ज्येष्ठ नागरिकले दशैंमा खर्चको समस्या भोग्नुपरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार