दसैं मनाउन पैसा अभाव भए नगरपालिका जान समन्वय प्रमुख ढुंगानाको आग्रह । 

तेह्रथुम ,
जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख शिव प्रसाद ढुंगानाले दसैं मनाउन पैसा अभाव भए म्याङ्लुङ नगरपालिकाको कार्यलय जान आग्रह गर्नुभएको छ । म्याङ्लुङमा आयोजित नेकपा एमालेको एक कार्यक्रमका बिच समन्वय प्रमुख ढुंगानाले दसैंमा म्याङ्लुङ नगरपालिकाले पैसा बाढिरहेको र नगरबासी कसैलाई दसैंमा पैसा अभाव भए नगरपालिका गई पैसा लिन सुझाउनु भएको हो ।

कार्यक्रममा समन्वय प्रमुख ढुंगानाले सामाजिक सुरक्षा भत्ता समेत नेकपा एमालेले बाढ्दै आएको तर्क राख्नुभयो । प्रमुख ढुंगानाले २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमाले बाट म्याङ्लुङ नगरपालिका वडा न. २ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको हो । यस अघि पुर्व प्रधानमन्त्री केपि ओलिको कार्यसैलीको ससक्त बिरोध गर्दै आउनुभएका ढुंगाना एमाले मै रहेर राजनीति गर्दै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार