भारतीय भूतपूर्व पेन्सनरहरुको जिवित प्रमाणपत्र बुझाउने दुई दिने शिविर आज र भोलि इलाममा हुँदैछ । इलाम, झापा र पाँचथरका पेन्सनरहरुले शिबिरबाट सेवा लिँदैछन्
जिल्ला सैनिक बाेर्ड इलाममा हुने दुई दिने शिविरको आज पहिलो दिन सम्पन्न भईसकेको छ । सो कार्यक्रमको लागि जिल्ला सैनिक बोर्ड इलामले १५ दिन अगाडी नै सूचना जारी गरेको जिल्ला सैनिक बोर्ड इलामका सेक्रेटरी सुवेदार हिमालय कुमारले जानकारी दिए ।
शिविर भोली सकिनेछ । पेन्सनसम्बन्धी जिवित प्रमाणपत्र पेन्सनरहरुले अनिवार्य लिनुपर्ने हुन्छ । त्यसैले जिवित प्रमाणपत्र दिने क्याम्प इलाममा आयोजना गरिएको हो । क्याम्पबाट भूतपूव आर्मीहरु तथा भारतीय सम्पूर्ण पेन्सनरहरुले सेवा लिएका छन् ।
दुईदिने शिबिरलाई सफल बनाउन भारतीय दुतावास पेन्सन पेइङ पेन्सन बैंक अफिसबाट एक जना अफिसर र अन्य ५ जना स्टाफहरुले सहजीकरण गर्दैछन् ।