कांग्रेस शीर्ष नेताहरुको बैठक महाधिवेशनमा केन्द्रीत

  नयाँ बुलन्द  89 पटक हेरिएको

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले विहीबार नै मन्त्रीको नाम टुंगो लगाउने भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक पार्टीको महाधिवेशनका विषयमा बढी केन्द्रीत भएपछि बिहीबार विहानै मन्त्रीको नाम टुंगो लगाउने गरी सकिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले बुधबार बसेको बैठक मन्त्रीको नामका विषयमा भन्दा बढी पार्टीको महाधिवेशनमा केन्द्रीत भएको र बिहीबार विहान बैठक बसेर नाम टुंगाउने नेताहरुबीच सहमति भएको जानकारी दिए ।

कांग्रेसबाट दिलेन्द्र बडु, डा.मिनेन्द्र रिजाल तेजुलाल चौधरी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट मन्त्री बन्ने दौडमा छन् । यी मध्ये दुई जना मन्त्री बन्ने छन् ।  यस्तै कृष्ण सिटौला समूहबाट भीमसेनदास प्रधान र उमाकान्त चौधरी मध्ये एक जना मन्त्री बन्ने छन् ।

यस्तै कांग्रेस संस्थापनबाट पुष्पा भुषाललाईसमेत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाउँदै छन् । भुषाल भने देउवा निकट हुन् । यस्तै सरकारमा हाल कानुनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई संचार मन्त्रालयमा लैजाने प्रधानमन्त्रीको तयारी छ । स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भने यथावत राख्ने कि हटाउने भन्ने प्रधानमन्त्रीको निणर्यमा भर पर्छ ।

देउवाले २९ असारमा प्रधानमन्त्री बनेपछि आफ्नो दलबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्र कार्कीलाई कानुन मन्त्री बनाएका थिए । यस्तै १० साउनमा स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गरेका थिए । यस्तै ६ असोजमा देउवाले परराष्ट्रमन्त्रीमा डा.नारायण खड्कालाई ल्याएका थिए । देउवा क्याबिनेटमा हाल रहेका सबै मन्त्री पार्टी भित्रको उनकै समूहसँग आबद्ध छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार