सुनसान इलामका सीमा बजार

नाका खुलाउने सरकारी निर्णय औपचारिकता पाउन नसक्दा सुनसान इलामका सीमा बजार (फोटो फिचर )

पशुपतिनगर । भन्सार नाका खुलाउने सरकारी निर्णय औपचारिकता पाउन नसकेकै कारण इलामका सीमावर्ती बजारहरु खुलेपनि सुनसान जस्तै छन् । सरकारी निर्णय कार्यान्वयन नहुँदा भारतीय नागरिक र पर्यटकहरु मुख्य खरिदकर्ता रहेको इलामका सीमावर्ती बजारहरुमा चलहपहल बढ्न सकेको छैन ।


कोरोना माहामारीका कारण ठप्प भएका इलामका सीमावर्ती बजार खुलेपनि सुनसान जस्तै छन् । भारतीय नागरिक र पर्यटकहरु मुख्य खरिदकर्ता रहेको सीमावर्ती बजारहरुमा अहिलेपनि उपभोक्ताको चलहपहल बढ्न सकेको छैन । सरकारले भारतसँग जोडिएका नाकाहरु खुल्ला गर्ने निर्णय गरेपनि अझै नखुल्ला सीमावर्ती बजारहरुमा चहलपहल नभएको हो ।


कोभिड १९ का कारण बन्द भएका सबै नाका खुलाउने निर्णय कार्यान्वयन नहुदा इलामको पशुपतिनगर, मानेभञ्ज्याङ्ग, जौबारी व्यापारीक केन्द्र सुनसान भएका छन् । बैशाख २५ देखि बन्द रहेका व्यापारीक केन्द्रका पसलहरु १५ दिन अघिबाट खुल्ला भएपनि नाका नखुल्दा कारोबार न्युन रहेको व्यवसायी कुमार गुरुङ्गले बताए ।


नाका खुलाउने सरकारी निर्णयले औपचारिकता पाउन ढिलाई भएका कारण सीमाबाट कृषि उपज भारत निकासीमा समस्या भएको छ । इलामका सीमावर्ती बजारहरुमा नेपाल र चिनमा उत्पादन भएका सामग्रीहरुको खरिद बिक्रि हुँदै आएको छ । सीमावर्ती बजारहरुमा भारतबाट आउने पर्यटक र भारतीय व्यपारीहरुले खुद्रा तथा होससेलमा सामग्रीहरु खरिद बिक्रि गर्छन् । दशैँ, तिहार, छठ लगायका चाडहरु नजिकिय पनि नाका औपचारीक रुपमा नखुल्दा बजार सुनसान रहेको सूर्योदय नगर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताए ।


लामो समयको लकडाउन र घरधनीहरुले घरभाड छुट नगर्दा कतिपय व्यापारीहरु विस्थापित समेत भएका छन् । कोरोनाको दोस्रो लहरमा इलामको पशुपतिनगरबाट मात्रै १५ जना व्यापारीहरु विस्थापित भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार