माङसेबुङ वडा २ काे सडक सरसफाई तीब्र

माङसेबुङ इलाम : माङसेबुङ वडा नं. २ वडा कार्यालयले वडाका सबै सडक बाटाे सरसफाई सुरु गरेकाे छ । आउने चाडपर्व दशैँ र तिहार नजिकन्दै गर्दा वडाका सबै बाटाहरु सरसफाई थालेकाे हाे ।

वर्षाद्का कारण वडाका सडकहरु हिउँदाे महिनाभरी चल्ने र बर्खामा अवरुद्द हुने गरेका छन् । प्रत्येक वर्ष वडाले वडादशैँ अगावै  वडाका सडकहरु खुलाउने गरेकाे छ ।

गतवर्षमा बजेट कम भई वडाका सबै सडकहरु पूर्ण रुपमा सरसफाई गर्न नसक्दा जनताद्वारा आलाेचना भएकाेले यस वर्ष बजेट बढाईएकाे समेत वडाध्यक्ष पुस्पराज कार्कीले बताए ।

गत आ.व. मा वडाका सडक सरसफाईका लागि ४ लाख रकम विनियाेजन भएकाे थियाे । यस आ.व.मा बजेट बढाई ७ लाख छुटाईएकाे छ । यसवर्ष भने सबै जनताका भावना अनुसार काम हुन सक्ने वडा सदस्य राममाया सम्बाहाङफेले वताए ।

साविकका इभाङ १-४, ५ र ९ वडा हालका माङसेबुङ वडा २ भित्र पर्दछन् । भाैगाेलिक रुपमा १-३ तल्लाे भेग र ४,  ५ र ९ माथिल्लाे भेगमा पर्दछन् । विशेषत: तल्लाे भेगमा मात्र बाटाे सरसफाईका काम राम्ररी भएकाे र माथिल्लाे भेगमा काम कम भएकाे आराेप खेपिरहेकाे वडाले यस वर्ष माथिल्लाे भेगबाटै काम सुरु गरेकाे छ ।

सुरुमा माथिल्लाे भेगका सडक सरसफाई सकेर मात्र तल्लाे भेगमा काम गर्ने सब-इञ्जिनियर पुस्कर कार्कीले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार