इलाम : इलाम नगरपालिका वडा नम्बर १ स्थित नेपालटारमा ट्रकले किच्दा अर्का ट्रकका सहचालकको मृत्यू भएको छ । गएराती इलामबाट पाँचथर तर्फ गइरहेको ना ५ ख ४९८७ नम्बरको ट्रकले ठक्कर दिँदा प्र.१ ०१ ००१ ख ३४७१ नम्बरको मालबाहक ट्रकका सहचालक २३ वर्षीय राजेश नेपालको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक नेपाली ताप्लेजुङ पाथिभरा याङबरक गाँउपालिका– ६ खुम्बेदिका रहेको प्रहरीले जनाएको छ । घटनापछि इलाम प्रहरीले चालक पाँचथर स्थित हिलिहाङ गाँउपालिका ७ का ३४ बषिय सुकमान राईलाई नियन्त्रणमा लिएको छ ।