नेपाली काँङ्ग्रेस फाल्गुनन्दको सभापतिमा सुखवीर नेम्वाङ विजयी

  युद्धबहादुर बोहोरा
539 Shares

 

पाँचथर : नेपाली काँग्रेसको १४ औँ महादिवेशनबाट फाल्गुनन्द गाउँपालिकामा सुखवीर नेम्बाङ निर्वाचित भएका छन् ।

वडा नम्बर ३ का वडाध्यक्ष समेत रहेका नेम्वाङले ६३ मत प्राप्त गरेका छन् । अर्का प्रतिस्पर्धी मनप्रसाद चेम्जोङले ४४ मत प्राप्त गरेसंगै नेम्वाङले १९ मतान्तले हराउँदै विजय हाँलिस गरेका हुन् ।

उपसभापतिमा सुर्य प्रकास चेम्जोङ र अगम वहादुर नेम्बाङ निर्वाचित भएका छन् । चेम्जोङले ६४ र नेम्बाङले ६० मत पाएका छन् । अन्य दुई उम्मेदवार मध्ये सन्तोष आङदेम्बेले ४७ र चिरञ्जीवी राईले २१ मत प्राप्त गरेका थिए ।

सचिवमा नारायण प्रसाद आङदेम्बे र सन्तोष नेम्बाङ निर्वाचित भएका छन् । वडा नम्बर ६ का वडाध्यक्ष समेत रहेका आङ्देम्बेले ७८ र नेम्बाङले ७२ मत पाएका छन् । अर्का उम्मदेवार गोपाल लुईटेलले ४४ मत प्राप्त गरे ।

त्यसैगरी,सहसचिवमा टीका आङ्देम्बे र
सोम आङ्देम्वे लगायत अन्य सबै सर्वसहमतिबाट चुनिएका छन् । कुल एकसय ३२ मत मध्ये एकसय २२ मत खसेको थियो भने सभापति पदमा खसेको १५ मत बदर भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार