दरबन्दी कटौतीको विरोधमा स्थानीयद्वारा शिक्षा शाखामा ज्ञापनपत्र

माङसेबुङ : विद्यालयमा कार्यरत सहयोगी कार्यकर्ताको निधन हुनसाथ दरबन्दी कटौती गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

माङसेबुङ २ स्थित इभाङ आधारभूत विद्यालयमा कार्यरत मिलन बस्नेतको निधन भएको एक सातामा नै दरबन्दी अन्यत्र स्थानान्तरण गरेको भन्दै स्थानीयले विरोध जनाउँदै शिक्षा शाखा माङसेबुङ गाउँपालिकामा ज्ञापनपत्र बुझाका छन् ।

स्थानीय रिक्त दरबन्दी सोही विद्यालयमा कायम गर्दै नयाँ पदपूर्तिको माग गरेका छन् । सहयोगी कार्यकर्ता बस्नेतको गत २० भदौमा निधन भएको थियो । २९ भदौमा गाउँ शिक्षा समितिले सो दरबन्दी अन्यत्र स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार