पाँचथरका पत्रकारले गरे सूचना अधिकारीसंग छ्लफल

  नयाँ बुलन्द
343 Shares

 

पाँचथर : जिल्लामा रहेका सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारहरु बिच विहिवार छलफल भएको छ ।

विभिन्न कारणले लामो समयदेखि सुचना अधिकारी र पत्रकार बिच संवाद कम हुँदा अधिकतम सुचनाहरु प्रवाह गर्न समस्या देखिन थालेपछि सूचनाको हकको कार्यान्वयको अवस्था र आगामी दिनमा गर्ने काम सम्बन्धि विषयमा केन्द्रित भइ छलफल गरिएको शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ पाँचथर शाखा र जिल्ला प्रशासन कार्यालय पाँचथरको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको थियो । छलफल मार्फत आगामी दिनमा सूचनाको हकको कार्यान्वयन आपसी समन्वय लगायतका विषयमा छलफल भएको उनले बताए ।
उक्त कार्यक्रमबाट सरकारी कार्यालयले हरेक तीन महिनाका गतिविधि सार्वजनिक गर्ने,वेभसाईट अपेडेट राख्ने तथा हरेक तीन महिनामा सूचना अधिकारी र पत्रकार बिच छलफल कार्यक्रम राख्ने निर्णय भएको जनाएको छ ।

सूचनाको अधिकार कार्यान्वयका सवालमा पत्रकारहरुले विभिन्न सवाल उठाएका थिए । कानुनले तोके अुनसार सूचना सार्वजनिक नभएको, सूचना अधिकारी तोकिए पनि राम्रोसँग काम नभएको तथा कार्यालय प्रमुखहरुले सूचना अधिकारीलाई पर्याप्त सूचनाको पहुँचमा नराखेको जस्ता विषय उठाईएका थिए । पत्रकार महासंघ १ नम्बर प्रदेशका उपाध्यक्ष लवदेब ढुगानाले कर्मकाण्डी काममात्र हुने गरेको आरोप लगाए ।


कतिपय सूचनाहरु सुन्ने बित्तिकै प्रमाणित नभई सार्वजनिक गर्न नमिल्ने भएको कारण केहि ढिलाई हुने गरेको प्रहरी निरीक्षक डम्बर बिश्वकर्माले बताए । छलफलमा सरकारी कार्यालयका सूचना अधिकारीले आफ्ना अफ्ठयाराहरु पनि सुनाएका थिए । जिल्लाका सबै स्थानीयतह र सरोकारवाला निकायलाई निमन्त्रणा गरिएको तर केहि सरकारी कार्यालय र गाँउपालिकाका सूचना अधिकारी कार्यक्रममा उपस्थित नभएकोमा आलोचना समेत भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार