यस्तो बन्दैछ माधव नेपालको टिम : ६ उपाध्यक्षसहित महासचिव, उपमहासचिव र सचिव टुङ्गो

  नयाँ बुलन्द
112 Shares

काठमाडौं : माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी चयन गर्न केही नेताका नाममा सहमति जुटाएको छ । बिहीबार बिहान बसेको स्थायी समिति बैठकले जारी केन्द्रीय कमिटी बैठकमा पेस गर्नेगरी उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवलगायतका पदाधिकारीहरूको नाम टुङ्गो लगाएको थियो ।

एक नेताका अनुसार एकीकृत समाजवादीको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई, प्रमेश हमाल, केशवलाल श्रेष्ठ र घनेन्द्र बस्नेतको नाममा सहमति जुटेको छ ।

त्यसैगरी महासचिवमा डा. बेदुराम भुसाल र उपमहासचिवमा डा विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएको बुझिएको छ ।

सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र राजेन्द्र राईको नाम टुङ्गो लागेको छ । टुङ्गो लागेका नामलाई आजै बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गरेर घोषणा गर्ने तयारी छ ।

मुकुन्द न्यौपाने पार्टीको तेस्रो वरियतामा रहनेछन् । अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालपछि न्यौपानेलाई राख्ने सहमति जुटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार