प्रदेश १ मा किन सिफारिसमा परेन वान्तावा र राई भाषा ?

  निनाम कुलुङ 'मंगले'
259 Shares

हालसालै विभिभन्न सञ्चारमाध्यममा आएको समाचारअनुसार नेपालका सातै प्रदेशका प्रदेशस्तरीय सरकारी (कामकाजी) भाषा सिफारिस भएका छन् । तर, हालसम्म नाम नजुरेको प्रदेश एकमा भने एक लाख ५९ हजार चानचुजन ‘राई !’ भाषा र एक लाख ३० हजार चानचुन बान्तावा भाषा वक्ता हुँदाहुँदै पनि ती दुई भाषा प्रदेश एकमा प्रदेशको सरकारी (कामकाजी) भाषामा सिफारिस हुन सकेन किन ? सो बारेमा यसो् जानी नजानी आपूmलाई थाहा भएको वास्थविकता लेख्ने प्रयास गरी रहेको छु । हुन त यस विषयमा नामको अगाडि प्रा., डा., प्राडा, विद, विज्ञ, कार, वरिष्ठ आदिको फुर्को झुन्डिएका/झुन्ड्याईएकाहरुले लेख्दा धेरै राम्रो हुन्थ्यो । तर, उहाँहरु कथित् ‘राई !’ जाति र ‘राई !’ भाषाबारे वास्तविकता लेख्दा आप्mनो खाई जीविका नै टुट्ने हो कि ? भनेर पनि होला, आप्mनो नामको अगाडि प्रा., डा., प्राडा, विद, विज्ञ, कार, वरिष्ठ आदिको फुर्को झुन्डिएका/झुन्ड्याईएकाहरले नामको अगाडि प्रा., डा., प्राडा, विद, विज्ञ, कार, वरिष्ठ आदिको फुर्को झुन्डिएका/झुन्ड्याईएकाहरुले कहिल्यै पनि कथित् ‘राई !’ जाति र ‘राई !’ भाषाबारे वास्तविकता के हो ? के साँच्चै ‘राई !’ जाति र ‘राई !’ भाषा हुन्छ/छ ? भन्नेबारेमा भने मरी गए लेख्नु हुन्न !?

त्यसो त हामी (कुलुङ) ले, नेपालका अन्य जातिसरह जाति वा समुदाय हुने अनेक आधारहरु जस्तै इतिहास, ऐतिहासिक भूगोल, वंश, परम्परा, थर, उपथर (हाल कुलुङ जातिको ३८० वटाभन्दा बढी थर, उपथरहरु रहेको/भएको छ), भाषा, भेषभुषा, धर्म, संस्कार, संस्कृति, रहन–सहन, लोककथा, परम्परागत कानुन, हामी भन्ने भावना, वास्तविक तथ्य–तथ्यांक, सबुत, प्रमाण आदि इत्यादि भएकोले गर्दा कुलुङ समुदायलाई पनि अरु जातिसरह राज्यबाट अलग्गै जातिको मान्यता दिलाउन लागी परेको २१/२१ वर्ष बितिसकेको छ । तापनि कुलुङ समुदाय अलग्गै जातिको रुपमा सूचीकृत हुन सकेको छैन ।
जे होस् एक नम्बर प्रदेशमा कुलुङ समुदायका अगुवालगायत अन्य किराती जातिका अगुवाहरुले जे सोचेको थियौं/थियो, त्यही भयो । अर्थात् विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा एक नम्बर प्रदेशमा एक लाखभन्दा माथि वक्ता संख्याको तथ्यांकमा देखिए तापनि/भए तापनि, कथित् ‘राई !’ भाषा र बान्तावा भाषा प्रदेश एकको सरकारी (कामकाजी) भाषामा सिफारिस हुन सकेन । स्मरण रहोस्, मैले विगत २१/२२ वर्षदेखि कथित् ‘राई !’ भन्दै/लेख्दै आएको छु । मैले यसरी कथित् ‘राई !’ किन भनेको/भन्दै आएको हो भने, वास्तवमा ‘राई !’ जात वा जाति नभएर ‘पद–पदवी’ वा ‘पगरी’ मात्रै थियो/हो । जुन ‘पद–पदवी’ वा ‘पगरी’लाई स्थानीयस्तरमा वा भनौं गाउँघरको बोलीचालीको भाषामा ‘जिम्मावाल’ वा ‘तालुकदार/तालुकदारी’ पनि भन्ने गरिन्थ्यो भन्ने अहिले पनि त्यो वेला जो कोही ‘जिम्मावाल’ वा ‘तालुकदार/तालुकदारी’ भएकाका सन्तान, दरसन्तानलाई फलानो ‘जिम्मावाल’ वा ‘तालुकदार/तालुकदारी’ को छोरा, छोरी, नाति, नातिनी भनी बोलाउने गरेकोले पनि देखाउँछ ।

तर, सुरुमा यो पंक्तिकार लगायत कुलुङका अन्य अगुवाहरुले सार्वजनिक रुपमा लेखेर बोलेर, जनवकालत गरेर, राजनीतिक दल र तिनका नेताहरुसँग भेटघाट गरेर लबिङ गर्दा र, कुलुङ जातिलाई पनि नेपालका अन्य जातिसरह (खासगरी आदिवास जनजाति सूचीमा सूचीकृत गर्ने सवाल) मान्यता दिनुपर्यो भनी माग राख्ने, नेपालका मानवअधिकारवादीहरु र मानवअधिकार क्षेत्रसँग सम्बन्धित संघसंस्थासँग भेटेर कुलुङ जातिलाई जबरजस्ती राईकरणमा पारिएका वा गरेको हुनाले गर्दा ‘हामी को हौं ? अथवा म को हुँ ?’ भनी आपैmले भन्ने वा घोषणा गर्ने हाम्रो सामूहिक र व्यक्तिगत मानवअधिकार हनन् भयो/भएको छ, त्यसैले आवाज उठाई दिनुपर्यो ! भनी माग राख्ने कामहरु गर्दा ओहो …, हो …, हो …, …, कुलुङहरु राई होइन अरे ! राई नभए के हो त ? तिमीहरुको नागरिकतामा के छ ? भन्दै गिल्ला गर्ने, खिसिट्युरी गर्ने गरे । तर, पनि हामलीले ‘कुकुर भुक्दै गर्छ, हात्ती हिँड्दै गर्छ !’ भनेभैmँ हाम्रो मागहरु निरन्तर रुपमा राख्दै, उठाउँदै आएका छौं/हो ।
हुन पनि नेपालका अन्य जातिसरह अलग्गै मातृभाषा, अलग्गै भेषभुषा, संस्कार, संस्कृति, रहनसहन, परम्परागत काननु, हामी भन्ने भावना, इतिहास, ऐतिहासिक भूमि, वंश, परम्परा, कुलुङ जातिभित्रै ३८० भन्दा बढी थर र उपथरहरु रहेको छ । (स्मरणीय छ, कुलुङ जातिले थर वा उपथरलाई ‘पाछा’ र गोत्रलाई ‘दप्प नीङ’/‘दप्स्नीङ’ भन्छन्) त्यही भएर कुलुङ–कुलुङबीचमै आपैmभित्र विवाह गर्ने प्रचलन पनि छ । राई जात नै हो र कुलुङ, बान्तावा, चाम्लिङ, बाहिङ आदिचाहिँ थर हो भन्नेहरुले भने जस्तै यदि राई जात वा जाति हो र कुलुङचाहिँ थर मात्रै हो भने त ‘कुलुङ–कुलुङबीच’मै विवाह गर्दा त हाडनाता करणीको मुद्धा पो लाग्नुपर्ने होइन र ? यो उदाहरणले पनि राई जाति होइन भन्ने बलियो प्रमाण दिन्छ, आधार रहेको देखाउँछ । यसरी हेर्दा विगतमा जानाजान वा अन्जानमा कुलुङ जाति राईकरणमा परेको हुनाले हाम्रो मानवअधिकार हनन् भयो, त्यसैले हाम्रो विषयमा बोली दिनुपर्यो, आवाज उठाई दिनुपर्यो भनी विभिन्न क्षेत्रका महानुवाभहरु र विषय विज्ञहरुसँग भेटेर कुलुङ जातिबारे वास्तविकता बताएपछि कथित् राई जातिवाला राई सर राईनी म्याडमहरुको रेडीमेड उत्तर हुन्थ्यो ‘–कुलुङहरु राई नै हो, जसले राई होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन, तीनपुस्तेमा समेत राई छ । त्यसैले उनीहरुले प्रतिष्ठानले दिने ५० हजार नगद खान र विदेशीले दिने डलर खान मात्रै राई फुटाउन आँटकेका हुन !’ जबकि कुनै पनि जातजातिको कुन ऊ जातजातिभित्रको हो ? भनेर जनाउँने आधार उसको नागरिकता, पासपोर्ट, जग्गा धनी–पूर्जा, स्कूल वा कलेज/विश्वविद्यालय पढेको सर्टिफिकेट, ड्राईभिङ लाईसेन्स्, पेन्सनपट्टा, वृद्ध भत्ताकार्ड आदि नभएर उसको मातृभाषा, अलग्गै भेषभुषा, संस्कार, संस्कृति, रहनसहन, परम्परागत कानुन, हामी भन्ने भावना, इतिहास, ऐतिहासिक भूमि, वंश, परम्परा आदि हो ।

तापनि हालसम्म कुलुङ जातिलाई जस्तै बान्तावा, चाम्लिङ लगायत राईकरणमा परेका अन्य किराती जातिहरुलाई पनि नेपालका धेरै जसो जातजाति वा भनौं अन्य समुदाय, समूह, वर्ग, क्षेत्रका मानिसहरुले ‘राई !’ भनी जान्ने/बुभ्mने/चिन्ने गरेको पाईन्छ । यो वास्तविकतालाई हामीले नकार्न सकिँदैन । किनभने, नेपालका कथित् विद्धान, कार, विज्ञ, विद, प्रा., डा., प्राडा, भनिनेहरु नै त्यसमा पनि खासगरी भाषाविद, जातिविद, भाषाशास्त्री, समाजशास्त्री, मानवशास्त्री, संस्कृतिविद आदि हौं भन्ने र भनिनेहरुले नै नेपालमा साँच्चै एक जाति राई छ र, उनीहरु (राई !) को २८ वटा मातृभाषा पनि हुन्छ ! भनेर ठोकेरै भन्न सकेका छैनन् । उल्टै त्यस्तो विद्धान, कार, विज्ञ, विद, प्रा., डा., प्राडा, भनिनेहरु नै त्यसमा पनि खासगरी भाषाविद वा भाषाशास्त्री भन्ने/भनिने र नामको अगाडि प्रा., डा., प्राडा लेख्नेहरुले नै राई भाषा वा बान्तावा भाषा के–कति कारणले प्रदेश एकमा सिफारिस हुन सकेन ? भन्नेबारेमा गहिराईमा गएर वा वास्तविकता के हो ? भनेर सोधखोज गरेर नलेख्ने तर, … गोहीको आँसुचाहिँ चुहाउन भने नछाड्ने प्राडाहरुमध्ये (यसरी गोहीको आँसु चुहाउनेमध्ये ९९ प्रतिशत आर्य/खस समूहका प्रा., डा., वा प्राडा रहेका छन् ।) दुई प्राडाले जनाले त लगातार रुपमा नयाँ पत्रिकामा लेख लेखे अरु केही प्रा., डा., वा भनौं प्राडाहरुले अन्य केही दैनिक र अनलाइन न्युज पोर्टलमा लेख लेखे । नेपालका प्रा., डा., वा भनौं प्राडाहरुको नै त्यो पनि भाषा विज्ञानको प्राडाहरुको राईबारेको चेतनाको स्तर, बुझाईको स्तर, विवेकशीलता, चैतन्य, चेतना यस्तो भएपछि विचरा भुँई तहमा रहेका सर्वसाधारण महानुभावहरुको त के कुरो गराई भो र ?!

तथापि नेपालका कथित् विद्धान, कार, विज्ञ, विद, प्रा., डा., प्राडा, भनिनेहरु नै त्यसमा पनि खासगरी भाषाविद, जातिविद, भाषाशास्त्री, समाजशास्त्री, मानवशास्त्री, संस्कृतिविद आदि हौं भन्ने र भनिनेहरुमध्ये कोही कसैले नेपालमा साँच्चै एक जाति राई छ र, उनीहरु (राई !) को २८ वटा मातृभाषा पनि हुन्छ ! भनेर ठोकेरै भन्न सक्छन् र, त्यस्ता राईहरु भेटेका छन् साथै त्यस्ता राईहरु हामलाई पनि भेटाई दिन सक्छन् भने त साँच्चै नयाँ कुरो पत्ता लागेसरह अर्थात् ‘युरेका !’ नै हुनेछ । त्यसैले यो पंक्तिकारको चुनौति के छ भने, यदि साँच्चै एक जाति राईको २८ वटा मातृभाषा हुन्छ भने त्यसरी म एक जाति राई हुँ तर, मेरो २८ वटा मातृभाषा छ ! भनेर कुनै माईकालाल राईले २८ वटा मातृभाषामा खरररर…. बोल्न सक्छ ? कोही त्यस्तो माईकालाल राई छ ? जसले २८ वटा मातृभाषामा खरररर…. बोल्न सकोस् ? खासगरी नेपालका भाषाविद, भाषाशास्त्री वा भनौं भाषाशास्त्रमा डाक्टर गरेको डा. अथवा प्राडा साबहरुले जति सक्दो चाँडो यसको (एक जात राई २८ वटा भाषा हुने/नहुनेबारे) निप्टारा लगाउनुपर्ने देखिन्छ ।

जसरी हालसम्म कुलुङ जातिलाई नेपालका अन्य आदिवासी जनजातिसरह ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’ (आजउराप्र) ऐन–२०५८ अन्तर्गत अलग्गै जाति भनी सूचीकृत गरिएको छैन, त्यसरी नै बान्तावा, चाम्लिङ, बाहिङ आदिलाई पनि सूचीकृत गरिएको छैन ।

वास्तविक कुरो भन्नु पर्दा एक नम्बर प्रदेशमा एक लाखभन्दा माथि वक्ता संख्या भएर पनि, कथित् ‘राई !’ भाषा र बान्तावा भाषा सिफारिस हुन नक्नुमा खास कुरो यस्तो रहेको छः
१. खासमा नेपालमा राई भाषा छैन । किनभने राई जात वा जाति जनाउने शब्द होइन । त्यसैले नेपालको जुन सुकै कुनामा गएर खोजे तापनि राई भाषा भनी बोल्ने अलग्गै वक्ता भेटिदैन । वास्तवमा ‘राई !’ जात वा जाति नभएर ‘पद–पदवी’ वा ‘पगरी’ मात्रै थियो/हो । राई ‘पद–पदवी’ वा ‘पगरी’लाई गाउँघरको भाषामा ‘जिम्मावाल’ वा ‘तालुकदार/तालुकदारी’ पनि भन्ने गरिन्थ्यो । जुन प्रसंग माथि लेखिएकै छ । त्यसैले विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा राई भाषा बोल्ने वक्ता संख्या एक लाख ५९ हजार चानचुन देखिएको भए तापनि राई भाषाको वक्ता खोज्दै जाँदा कतै नभेटिएकोले गर्दा सिफारिसमा पर्न सकेन भन्ने देखिन्छ ।

२. त्यस्तै विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा बान्तावा भाषा बोल्ने वक्ता संख्या एक लाख ३० हजार चानचुन देखिएको भए तापनि सो जातिको जनसंख्या भने केवल ४ हजार ६ चानचुन मात्रै रहेको छ । अब बान्तावा भाषा कसरी प्रदेशको भाषाको रुपमा सिफारिस हुन्छ त ? बाँकी अर्थात् एक लाख २६ चानचुन बान्तावा भाषाको वक्ता को हुन् ? प्रदेश एकका बाहुन, क्षेत्री, कामी, दमै, सार्की, नेवार, मगर, माझी, दनुवार आदि हुन् ? संभवतः यही कारणले गर्दा बान्तावा भाषा पनि प्रदेश एकको सरकारी कामकाजको भाषा हुने भनी सिफारिस भएन ।

३. जस्तो विसं २०६८ को जनगणनाको तथ्यांककै कुरो गर्दा कुलुङ जातिको पनि जनसंख्या २८,६१३ आएको छ । तर, कुलुङ भाषा वक्ता संख्या भने ३३,१७० आएको छ । बाँकी रहेको ५ हजार चानचुन भाषा कसले बोलने हो ? अत्तोपत्तो छैन । यस्तो किन भयो ? हो, मुख्य प्रश्न यो हो । तर, वास्तविक कुरो लेख्दा कसैप्रति ‘अतिशय अनुराग र अतिशय द्धेष !’ राखेर लेखे जस्तो हुने । यस्तो हुनुमा राई जातिको नाममा खुलेको तर, संस्था दर्ता ऐन–२०३४ अन्तर्गत दर्ता भएको राई यायोक्खा नामक एनजिओको हर्ताकर्ताहरुले गर्दा हो ।
किनभने हामी कुलुङहरुले सुरुदेखि नै राई जात वा जाति होइन भन्दै आउँदा, जनवकालत गर्दा, आन्दोलन गर्दा हामीलाई नै उल्टै आदिवासी जनजाति महासंघ र त्यसभित्र आवद्ध भएका जातीय संघसंस्था र तिनका अगुवाहरुले ललकारे, बहिस्कार गरे । कुलुङ जातिले सुरु गरेको जातीय स्वपहिचानको आन्दोलनविरुद्ध राई यायोक्खाले सूचीकृत ५९ जातिलाई सुरुमै एक बनाएर लग्यो, एक अर्काको आन्तरिक मामिला हो, हामी आपैm मिलाउँछौं । भोलि तपाईँहरु (अरु जाति) मा पनि राईभित्रको जस्तै समस्या आउन सक्छ, त्यसैले हामी आपैm मिलौ, मिलाऊँ, मिलाउँछौं, तपाईँहरुमा पनि राईमा जस्तै समस्या आउन सक्छ, त्यसैले तपाईँहरु चुप लाग्नोस् भनी थुम–थुम्याईयो । खास गरी शेर्पा, तामाङ, गुरुङ, मगर, नेवार, लिम्बु, थारु आदि, जसलाई ठूलो ८ समूह (ग्रेट एट) पनि भन्ने गरिन्छ, उनीहरुलाई कन्भिन्स गराए । त्यसपछि कसैले पनि हाम्रो पक्षमा बोलेनन्/बोलेका छैन । बरु उनीहरुमध्ये लिम्बु, सुनुवार याक्खा त अहिलेसम्म पनि राई यायोक्खको ‘चोचोमा मोचो !’ मिलाएर खाँदैछ, ‘जसोजसो पुरेत बाजे उसैउसै स्वाहा !’ गर्दै आएका छन् । यसको पछिल्लो उदाहरण भनेको केही महिनाअघि राई यायोक्खाले ‘साझा किरात लिपि’ बनाउने भन्नेबारे प्रतिष्ठानबाट ‘रकम/बजेट’ ल्याएर गरेको कार्यक्रमलाई लिन सकिन्छ । स्मरणीय छ, राई यायोक्खाका वर्तमान (निर्वमान भई सके कि ?) अध्यक्ष दिवस राई सामान्य रुपमा हेर्दा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउराप्र) मा सामान्य कर्मचारीको रुपमा रहेको देखिए तापनि प्रमुख हर्ताकर्ता भएर बसेका छन् । तथापि हेर्दै जाऔं, ‘आजउराप्र’मा कहिलेसम्म उनीहरुको हालीमुहाली चल्ने हो ?

४. अभैm पनि बान्तावा र चाम्लिङहरुले के गर्ने ? सोच्नु होस्, राई नै भनेर कुद्ने कि ?, आउँदो कात्तिक अन्तिमदेखि मंसिर पहिलो हप्तासम्म हुने १२ औ राष्ट्रिय जनगणनामा सच्चिएर जातिको महलमा राई नलेखेर आठपहरिया बान्तावा, चाम्लिङ, बाहिङ, मेवाहाङ, खालिङ, लोहोरुङ, साम्पाङ, याम्फु लेखेर सच्चिने ? र,मातृभाषा एवम् पूर्खाको भाषाको महलमा पनि आठपहरिया बान्तावा, चाम्लिङ, बाहिङ, मेवाहाङ, खालिङ, लोहोरुङ, साम्पाङ, याम्फु आदि लेखेर आप्mनो वास्तविक जातीय स्वपहिचानले चिनिने ? तपाईहरुका हातमा चाँडै आउँदै छ ।

त्यस्तै विसं २०७८ को जनगणनामा छुट्टै जातिगत कोड नपाएका तर, राईकरणको मारमा परेका जेरो/जेरुङ, दुमी, कोयु, छिलिङ, तिलुङ, पुमा आदि जातिका अगुवाहरु जो आप्mनो असली जातीय स्वपहिचान मेटेर ‘राई !’ हुनुमै गर्व गर्ने, रमाउनेहरुले के गर्नु हुन्छ ? फेरि पनि एक जाति राई २८ भाषी राई भनेर हाम्रो नाममा बिचौलिया बनेर खाने राई यायोक्खाका हर्ताकर्ताहरुकै कुरो सुनेर हामीलाई राई फुटाउने “कुलुङे ढाक्रे” भनी गाली गर्दै बस्नु हुन्छ ? हैट, अबको १० वर्ष भनेको धेरै लामो समय हो । त्यसैले यो विषयलाई ठन्डा दिमागले एकपटक होइन, दुईपटक होइन, ५० औं पटक सोच्नुहोस् राई ज्युहरु । खास गरी हालै प्रदेश एकमा १ लाख ५९ हजार चानुचन भएको ‘राई भाषा !’ र १ लाख ३० हजार चानचुन बान्तावा भाषा वक्ता हुँदाहुँदै एक नम्बर प्रदेशको सरकारी भाषामा पर्न नसकोको घटनाबाट पाठ सिक्नु होस् है, जान्नेबुभ्mने, पढालेखा, ध्यानी, ज्ञानी, विद्धान, विदूषी ‘राई !’ ज्युहरु । अन्यथा खुदो खानुबाहेक अर्को उपाय नास्ती ?!’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार