घरमा आगलागी हुँदा घाइते भएका झापाका दम्पत्तिको मृत्यु

  नयाँ बुलन्द
315 Shares

झापा : सिलिण्डर ग्याँस फेर्ने क्रममा आगलागी हुँदा जलेर गम्भिर घाइते दम्पत्तिको मृत्यु भएको छ । आगलागीमा परेर घाइते भएका झापा अर्जुनधारा–७ पुष्पलाल मार्गका रोम खनाल र उनकी श्रीमती दुर्गाको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा गए राति अलग–अलग समयमा मृत्यु भएको हो ।

खनाल दम्पत्तिको तीन घण्टाको फरकमा मृत्यु भएको छिमेकी कमल पोखरेलले जानकारी दिएका छन् । आगलागीमा घाइते भएका छोरा पंकजको अवस्था भने सामान्य बन्दै गएको छ । उनी डिस्चार्ज हुने तयारीमा छन् । भदौ २६ गते साँझ ग्याँस लिक हुँदा खनालको घरमा आगलागी भएको थियो । घटनामा परिवारका चार जना घाइते भएका थिए ।

घरमुली मंगलादेवी सामान्य घाइते थिइन् भने अरुको अवस्था गम्भीर थियो । घर जलेपछि खनाल परिवार यतिबेला छिमेकीको घरमा आश्रय लिएर बसिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार