बाल भिडियो प्रतियोगितामा धनकुटाकी अनिसा रूचाल प्रथम

  नयाँ बुलन्द
196 Shares

इलाम :  प्रदेश स्तरीय बाल भिडियो प्रतियोगिताको उपाधि धनकुटाकी अनिसा रूचालले जितेकी छन् ।

संविधान दिवसको अवसरमा आइतबार मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको प्रतियोगितामा रुचाल विजेता बन्दै नगद ७ हजार रुपैयाँ नगद पुरस्कार जितिन् ।

दोस्रो पुरस्कार इलामकी रिया लिम्बू र तेस्रो पुरस्कार उदयपुरकी प्रकृती खड्काले हात पारेका छन् । लिम्बूले नगद ६ हजार र दड्काले नगद ५ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । उनीहरुलाई पुरस्कार रकम एक साताभित्र सम्बन्धित व्यक्तिको नाममा पठाइदिने परियोजना संयोजक रूद्र थेबेले जानकारी दिए ।

‘मेरो पालिकामा बाल अधिकार र मेरो कुरा’ विषयक भिडियो प्रतियोगितामा प्रदेश १ का विभिन्न जिल्लाका २९ जना बालबालिकाहरुको सहभागिता थियो ।

किन्नर मिसनरेक जर्मनीको सहयोगमा बाल संरक्षणका लागि ऐक्यबद्धता परियोजनाले ‘सामान्य अवस्था वा कोभिड महामारीः बाल अधिकार संरक्षणमा हामी सबैको साझा जिम्मेवारी’ भन्ने नाराका साथ भर्चुअल माध्यमबाट संचालन गरेको थियो ।

मानव अधिकार मञ्च नेपालका अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालको प्रमुख आतिथ्यतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार