नेतृत्व हस्तान्तरणमा विश्वप्रकाशको ‘वान, टू, थ्री, फोर’को सूत्र

  नयाँ बुलन्द
14 Shares


नेतृत्व हस्तान्तरणमा विश्वप्रकाशको ‘वान, टू, थ्री, फोर’को सूत्र, राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक मात्र !

काठमाडौं : नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवार एवं प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक नेतृत्व हस्तान्तरणमा नयाँ सूत्र लागू गर्नुपर्ने भन्दै राष्ट्रपति एक र प्रधानमन्त्री दुई पटकभन्दा बढी हुन नपाइने व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।

आइतबार गृह जिल्ला झापामा ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन; शीर्षकको २४ बुँदे अवधारणापत्र सार्वजनिक गर्दै शर्माले राष्ट्रपति पदमा दोहोर्‍याएर र प्रधानमन्त्रीमा दुई पटकभन्दा बढी शपथ लिन नपाइने व्यवस्थाका लागि प्रस्ताव गर्नुभएको हो ।

बीपी जयन्तीका दिन बीपी संग्रहालय सुन्दरीजलबाट आसन्न कांग्रेस महाधिवेशनका लागि महामन्त्रीको उम्मेदवारी घोषणा गर्नुभएका शर्माले गृहजिल्ला झापा पुगेर राजनीतिक अवधारणा राख्ने क्रममा वान, टू, थ्री, फोरको सूत्र लागू गर्नुपर्ने बताउनुभयो ।

एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा सांसदको शपथ लिन नपाउने हुनुपर्छ भन्दै शर्माले भन्नुभयो, ‘शासकीय प्रणालीको बहसलाई शासन संस्कार पद्धतितर्फ मोडौं । एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री, चारपटक सांसदको शपथ मात्रै गर्न पाउने व्यवस्था संविधानमै गरौं ।’

यतिमात्र गर्ने हो भने राजनीतिमा उमेर हद तोक्दै नपर्ने भन्दै यसले नै शासकीय पदमा आगमन र बहिर्गमनको भिन्न प्रणाली बस्ने निचोड शर्माको थियो ।

तीन दिन पार्टी र चार दिन रोटीका लागि काम गरे मात्र हरेक तहको राजनीतिक नेतृत्व र सदस्य आर्थिक रुपले आत्मनिर्भर र प्रेरणादायी बन्नसक्ने उहाँको ब्याख्या छ ।

संविधान बनाउनेले संविधानप्रति इमान र विमति राख्नेले संविधानसभाको सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो ।

हेर्नुहोस् शर्माको प्रस्तावको पूर्णपाठ :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार