इलाम : इलाममा आयोजित रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेका छन् ।
संविधान दिवसका अवसरमा राष्ट्रिय युवा संघ नेपाल इलाम नगर कमिटीले आयोजना गरेको हो ।
कार्यक्रममा संकलित रगत नेपाल रेडक्रस सोसाइटी मोरङको रक्त संचार केन्द्रमा पठाइएको छ ।
पछिल्लो समय सिर्जित रगतको अभावलाई परिपूर्ति गर्न कार्यक्रम आयोजना गरिएको राष्ट्रिय युव संघले जनाएको छ ।