किरात धर्मगुरु लिङदेनलाई प्रसिद्ध प्रवल जनसेवाश्री पदक

  राम योङहाङ  496 पटक हेरिएको

किरात धर्मगुरु आत्मानन्द लिङदेन

इलाम : किरात धर्मगुरु आत्मानन्द लिङदेनलाई सरकारले प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रदान गर्ने भएको छ । संविधान दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई प्रदान गरिने यो पदकबाट लिङदेन समेत सम्मानित हुने भएका हुन् ।

सरकारले आईतबार घोषणा गरे अनुसार पदक पाउने लिङदेनसहित देशभरका ९०३ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहमा विभूषण प्रदान गर्ने कार्यक्रम छ ।

को हुन आत्मानन्द लिङदेन ?

इलाम जिल्ला साविक इभाङ गाविस वडा नम्बर ५ हाल माङसेबुङ २ चुक्चिनाम्बामा बुवा पुण्यप्रसाद लिङ्देन आमा श्यामजिरी चेम्जोङ्को कोखबाट विस २०११ मंसिर १८ गते शुक्रवारको दिन जन्मिएका आत्मानन्द लिङदेङलाई महागुरु फाल्गुनन्दको पुन : अवतारको रुपमा किराँत धर्मवालम्बिहरुले मान्दै आइरहेका छन ।

किराँतीहरु एउटै सुत्र र धर्ममा बाधिनु पर्छ भनेर भन्दै आएका छन । सानोमा उनलाई बालागुरु समेत भनिन्थो । आत्मा परमात्मा भूत वर्तमान भविश्यको बारेमा जान्ने भन्ने शाब्दिक अर्थमा शब्दिगुरु बद्रीनन्द तुम्बापोद्वारा आत्मानन्द लिङ्देन नाम राखिएको पाइन्छ । महागुरुको पुन : अवतारको रुपमा उनलाई मान्दै आएकोले अवतारी व्यक्ति भन्ने शाब्दिक अर्थमा अङ्सिमाङ भनेर भन्न थालिएको हो ।

माङसेबुङ गाउँपालिका–५ माङसेबुङमा कर्मथलो बनाएर आत्मानन्द लिङदेनले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपान्तरणमा अभियान चलाइरहेका छन् । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरूले मान्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार