ओलीले एकता चाहेनन् : नेकपा एकिकृत समाजवादी नेता राजेन्द्र पाण्डे

  नयाँ बुलन्द
112 Shares


इलाम : नेकपा एकिकृत समाजवादीका नेता एवम बागमती प्रदेशका संसदीय दलका नेता राजेन्द्र पाण्डेले केपी ओलीले कम्युनिष्ट एकता नचाहेको बताएका छन् । उनले आफ्नो स्वार्थपुर्तिका लागि मात्र ओलीले माओवादीसँग एकताको नाटक गरेको आरोप समेत लगाएका छन् ।

इलामको सूर्योदय नगरपालिकामा नेकपा एकिकृत समाजवादीको पार्टी कार्यालय उद्धघाटन कार्यक्रममा बोल्दै पाण्डेले २ तिहाईको कम्युनिष्ट पार्टीको एकता नचाहेका ओलीले एमालेको समेत एकता नचाहेको आरोप लगाए ।

ओलीले मनोमानी र व्यक्तिगत ढंगले पार्टी चलाउन थालेपछि नेकपा फुटमा पुगेको बताएका छन् । राजा महेन्द्रले २०१७ मा चालेको कदम जस्तै ओलीले संसद विघटन गरेर संविधान समाप्त गर्ने कार्य गरेको भन्दै माधव नेपालले पार्टी विभाजन नभई विद्रोह गरेको बताए । जिल्लामा पहिलो पटक सूर्योदयले पार्टी कार्यालय स्थापनाका साथै नगर कमिटि समेत घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार