इलाममा कांग्रेस महाधिवेशनको रौनक : स्थानीय तहसम्म केन्द्रीय गुटको प्रभाव

इलाम : नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि इलामका दशवटै पालिकाको ८१ वडामा घोषित मितिमै वडा अधिवेशन सकिएको छ । कतै छिटफुट चुनावी प्रक्रियामार्फत नेतृत्व चयन भए पनि अधिकांश वडाहरुमा सर्बसम्मत प्रतिनिधि र कार्य समितिहरु चयन भएको जिल्ला निर्बाचन कार्यालयले जनाएको छ ।

२७ भदौमा तोकिएको गाउँ तथा नगरपालिकाको अधिवेशन करिब १५ दिन पछाडी असोज ९ गतेलाइ धकेलिएपछि निर्वाचनमा होमिएका उम्मेदवारहरुले केही दिनका लागि विश्राम लिएका छन् । केन्द्रमा रहेको गुटको प्रभाव स्थानीय तहसम्म देखा परेको छ । वडातहदेखि नै गुटले प्रशय पाएको छ ।  परिणामतः सबै पालिकामा संस्थापन र संस्थापन इतर पक्ष चुनावी प्रचार प्रसारमा जुटेका छन् ।

 यस्तो छ प्रतिस्पर्धा

जिल्ला सभापतिमा चार जना भिड्दै….

जिल्ला सभापतिमा चार जना भिड्ने देखिएका छन्  । वर्तमान सभापति हिमालय कर्माचार्य, भेषराज आचार्य, केशव थापा र डम्बर खड्काले १४औँ महाधिवेशनमा इलामको सभापतिमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । जस्मध्ये डम्बर खड्काले भने पत्रकार सम्मेलननै गरी आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन ।

क्षेत्रीय सभापतिका लागि ६ जना मैदानमा सक्रिय !

उता दुईवटा निर्वाचन क्षेत्र रहेको इलामको क्षेत्रीय सभापतिका लागि ६ जनाले उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा सक्रिय देखिएका छन । जसमा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा दुर्गा बराल, शमशेर राई र भिष्म प्रधान चुनावी मैदानमा देखिदा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र इदिङ्गो, नूतनदेव दुलाल र मनबहादुर बुढाथोकीले उम्मेदवारी घोषणा गरेका छन् । चुनावी मैदानमा आएका उम्मेदवारहरु यतिखेर गाँउगाँउमा मतदाता रिझाउन व्यस्त छन् ।

प्रदेश सभा निर्वाचन क्षेत्रमा पनि उम्मेदवारी घोषणा !

प्रदेश सभा निर्वाचन क्षेत्रमा पनि नेताहरूले उम्मेदवारी घोषणा गरेका छन् । क्षेत्र नं. २ ‘क’को सभापतिमा रमेशचन्द्र सुवेदी र मिलन क्षेत्रीले उम्मेदवारी घोषणा गरेका छन् । क्षेत्र नं. १ ‘ख’को सभापतिमा निष्कल राई, मोहनबहादुर बस्नेत र श्याम कार्कीले दाबी गरेका छन् ।

क्षेत्र नं. २ ‘क’को सभापतिमा गोपाल चौहान, राजेन्द्र बास्तोला र श्याम श्रेष्ठ मैदानमा देखिएका छन् । क्षेत्र नं. २ ‘ख’को सभापतिमा खगेन्द्र योङहाङ ‘राजु’, पम्फा पुलामी, राजन खनाल, पदम मेवा, सुवास आङथोपो, लक्ष्मण राई, उपेन्द्र पौडेल र कमलबहादुर कार्की रहेका छन ।

पालिका सभापतिमा को – को भिड्दै ?

इलाम सदरमुकाम रहेको सबैभन्दा जेठो इलाम नगरपालिकामा सभापतिमा ५ जनाले उम्मेदारी घोषणा गरेका छन् । यहाँ सोमनाथ सुसेली, तीर्थराज गुरुङ, लीलाप्रसाद थापा, अमृतलाल श्रेष्ठ र निर्मल राउत चुनावी मैदानमा रहेका छन । जस्मा सोमनाथ सुसेलीले भने आफु बिना लाईनको उम्मेदवार भनेर बताएका छन् ।  यस्तै सूर्योदय नगर सभापतिमा सोनाम छिरिङ काजी, मणि गुरुङ, सुरेन्द्र पौडेल र जीवनकुमार नेपालको भिड्न्त हुँदै छ ।

उता देउमाई नगर सभापतिमा दिलीप कार्की, कृष्ण बराल, भवानी साङपाङ राई पदम कटुवाल चुनावी मैदानमा देखिएका छ्न भने माई नगर सभापतिमा हेमबहादुर लिम्बु र पुष्प गिरी रहेका छन् ।

यस्तै माङसेबुङ गाउँपालिका सभापतिमा चन्द्र साँवा र अमरकुमार राई रहेका छन भने रोङ गाउँपालिकामा देवीप्रसाद अर्याल, हरि बुढाथोकी र सुवास स्याङ्बो पालिका सभापतिको उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएका छ्न ।

यसै गरी फाकफोकथुम गाउँपालिकामा रामकुमार श्रेष्ठ, डिगबहादुर थापा र टेकवीर नेम्वाङको सभापतिमा उम्मेदवारी घोषणा हुँदा  सन्दकपुर गाउँपालिकामा तुला गुरुङ ,नेत्र रिजाल र धनबहादुर खाम्दाक तथा माईजोगमाई गाउँपालिकामा नरेन्द्र देवान र वेद चापागार्इंले सभापतिको उम्मेदवारी घोषणा गरेका छन ।

१० पालिकामध्ये चुलाचुली गाउँपालिकामा मात्र सभापतिमा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना रहेको कांग्रेस इलाम स्रोतले जनाएको छ । १८ सय बडी मतदाता रहेको इलाममा एउटै पक्षको बाहुल्यता नहुने र मिश्रित परिणाम आउने अधिवेशनलाई नजिकबाट निहालिरहेका विश्लेषकहरुको दाबी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार