तामाङको थप उपचारका लागि ८० हजार सहयोग

  बुधराज योङहाङ
294 Shares

माई : सवारी दुर्घटनामा परी घाइते भएका इलामको माई नगर पालिका वाड १ साबिक मैदानेका विकास तामाङलाई स्थानीयले ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

तामाङको थप उपचारका लागि स्थानीय संगम सुब्बाको अगुवाइमा संकलित रकम हस्तान्तरण गरिएको हो ।

तामाङ ६ महिना अघि सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । टाएकोमा गम्भीर चोट लागेका उनको झापाको बिएण्डसी अस्पतालमा उपचार गरिएको थियो । सो क्रममा करिब १२ लाख रुपैयाँ खर्च भइसकेको परिवारजनले जनाएको छ । तामाङको स्वास्थ्य अवस्था अझैपनि पूर्ण रुपमा ठीक नभएकाले थप उपचारका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको सुब्बाले बताए ।

तामाङको उपचारमा सहयोग गर्न इच्छुकहरुले मोबाइल नम्बर ९८२३८७१२०६ मा सम्पर्क गर्न सकिने अभियान्ता सुब्बाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार