इलाममा असोज ४ देखि विद्यालय खुल्ने

  नयाँ बुलन्द
280 Shares

इलाम : गएको वैशाखदेखि वन्द रहेका इलाम नगरपालिकाका नीजि विद्यालयहरु आउदो असोज ४ देखि भौतिकरुपमा सञ्चालनमा आउने भएका छन् ।

नीजि तथा आवाशिय विद्यालयहरुको संगठन प्याब्सन इलामको दोस्रो इलाम नगर अधिवेशनको अवसरमा विहीवार सदरमुकाममा आयोजित कार्यक्रममा प्याव्सनका जिल्ला अध्यक्ष विकास कर्मचार्यले आवश्यक स्वास्थय मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न तयार रहेको जनाए ।

‘यो विषम परिष्थितीमा पनि अधिकांश विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्,’ उनले भने, ‘अव नगरपालिकाले पनि विद्यालय खुलाउने निर्णय गरेकाले पठनपाठन सुरु हुन्छ ।’

कार्यक्रमका अवसरमा इलाम नगरपालिकाका मेयर महेश वस्नेतले कोभिड १९ ले विद्यार्थीहरुको भविश्य अन्यौलग्रस्त बनाएको वताउदै यसवाट उत्पन्न हुने खराव परिणामवाट जोगिन सवै सजग हुनु पर्ने धारणा राखे । मेयर वस्नेतले इलामलाई शैक्षिक हवकोरुपमा विकास गर्न पहल गरिरहेको धारणा राखे ।

अध्यक्ष कुशवहादुर थवेले सवै नीजि विद्यालयहरुको संकट समान रहेको वताउदै अवका दिनमा कसरी टिक्ने भन्ने चुनौती थपिएको वताए । प्याव्सन नगर समितिका सिनेट श्रेष्ठले विद्यालयमा गरिएको लगानी जोखिममा रहेकाले अव के गर्ने भन्ने चिन्ता थपिएको वताए ।

सवै विद्यार्थीहरुलाई अनलाइन माध्यमवाट पठनपाठन गर्न सम्भव नभएकोले विद्यालय र अभिभावकबीच सौहार्दपूर्ण वातवरण वनाएर स्वास्थ्य सावधानिलाई प्राथमिकता दिदै जिम्मेवार ढंगले विद्यालय सञ्चालन गर्नु पर्नेमा जोड दिए । अधिवेशनले कुशवहादुर थेवेलाई पुनः अध्यक्षमा चयन गरेको छ ।

समितिको सचिव सिनेट श्रेष्ठ, कोषाध्यक्ष भुपाल थापा, सदस्यहरुमा सुनिता कर्माचार्य, रोशन श्रेष्ठ, राजनमाईकल गुरुङ र राजेन्द्र पौडेल सर्वसम्मत भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार