एमालेको इलाम जिल्ला समानान्तर कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित

  नयाँ बुलन्द
1.5k Shares

इलाम : नेकपा एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गठन गरेको एमालेको इलाम जिल्लास्तरीय समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित भएको छ ।

नेकपा एमालेभित्र शक्ति संघर्षका क्रममा गठन गरिएको समानान्तर कमिटी बुधबार नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएको हो । सूर्योदय नगरपालिकाको फिक्कलमा बसेको एमाले समानान्तर कमिटीको बैठकले सो कमिटीलाई माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा परिणत गर्ने निर्णय गरेको हो ।

कमिटीका अध्यक्ष भक्त केसी नेतृत्वको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित भएको हो । केसी एमाले जिल्ला अधिवेशनबाट निर्वाचित उपाध्यक्ष हुन् । एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटि उपाध्यक्षमा चित्रकला बराइली, सचिवमा हरिवाला राई र सहसचिवमा सोम शर्मालाई चयन गरेको छ ।

जिल्ला कमिटि २ सय ५१ सदस्यीय कमिटी गठन गरिएको अध्यक्ष केसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार