नारी सञ्चार गृहको नवौं वार्षिक साधारणसभा

झापा : नारी सञ्चार गृह झापाको नवौं साधारणसभा झापाको विर्तामोडमा मंगलबार सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा विर्तामोड नगरपालीका न्यायिक समितिका अधिकृत टिका लामीछाने, रेडियो बिराटका प्रबन्ध निर्देशक लीला अनमोल, प्रेस युनियन झापाकी अध्यक्ष ईन्दु पूर्वेली, संस्थाकी संस्थापक अध्यक्ष साबित्रा दाहालले शुभकामना मन्तब्य राखेका थिए ।

वक्ताहरुले हरेक संस्थाको नेतृत्वका लागि महिलाहरु सक्षम बन्नुपर्नेमा जोड दिएका थिए । महिलाले नेतृत्व गरेका संस्थाहरु सवल रहेको सन्देश प्रवाह गर्न कार्यक्षेत्रको सिमित दायरालाई फराकिलो बनाउँदै हरेक क्षेत्रमा आफ्नो उपस्थिति दर्विलो बनाउन अघि सर्नुपर्ने समेत उनीहरुको जोड थियो ।

उपाध्यक्ष रेजिना गौतमले स्वागत गरेको कार्यक्रममा कोषाध्यक्ष जोश्ना श्रेष्ठले संस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन् । संस्थाको सांगठनिक प्रतिबेदन प्रस्तुत र सञ्चालन सचिव भूमिका लिम्बू फियाकले गरेकी थिइन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार