ज्योती लाईफले दियो १० लाख ५० हजारको मृत्यू दावी भुक्तानी

दावी भुक्तानी हस्तान्तरण गर्दै म्याङलुङ नगरपालिकाका प्रमुख संजयकुमार तुम्बाहाङफे

तेह्रथुम २८ भाद्र
ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले तेह्रथुममा आफ्ना बीमितको निधनपछि परिवारलाई बीमा वापतको दाबी भुक्तानी दिएको छ । सवारी दुर्घटनाका कारण ज्यान गुमाएका म्याङलुङ नगरपालिका–२ निवासी यमबहादुर लिम्बुको छोरालाई कम्पनीले मृत्यु दाबी भुक्तानी रकम सोमबार हस्तान्तरण गरेको हो ।
कम्पनीको तेह्रथुम उपशाखाले एक औपारिक कार्याक्रमको आयोजना गरि मृतकका छोरा सेन्छेहाङ लिम्बुलाई रु.१० लाखको चेक म्याङलुङ नगरपालिकाका प्रमुख संजयकुमार तुम्बाहाङफेले हस्तान्तरण गर्नुृभएको हो ।

ज्योति लाईफको सुरक्षित बचत जीवन विमा योजना अन्तर्गतको बीमालेख लिएका यमबहादुर लिम्बुको गत साउन २ गते सवारी दुर्घटनाका कारण मृत्यु भएको थियो । लिम्बुले रु.५ लाखको विमा गरेर कम्पनीमा २ किस्ता बुझाएका थिए । दुर्घटना विमा अन्र्तगत विमाङकको दोब्बर १० लाख र ५० हजार बोनस पिडित परिवारलाई प्रदान गरिएको ज्योती लाईफ कम्पनी तेह्रथुमका उप–शाखा प्रमूख ठाकुर सेनेहाङले जानकारी दिनुभयो ।

चेक हस्तान्तरण गर्दै नगर प्रमुख तुम्बाहाङफेले विमाले मृत्यु बाट फर्काउन नसके पनि मृतक परिवारलाई राहत दिने बिचार व्यक्त गर्नुभयो । कार्यक्रममा उहाले अन्य विमा कम्पनीहरु भन्दा ज्योती लाईफ आफुलाई मन पर्ने र यहि ईन्स्योरेन्स संग सहकार्य गर्न अन्यलाई आग्रह पनि गर्नुभयो ।मृत्यू दावी भुक्तानी कार्यक्रममा नगर प्रमुख , म्याङलुङ नगरपालिका १ नं.वडाध्यक्ष,२ नं.वडाध्यक्ष,पत्रकार,समाजसेवी तथा स्थानीयबासीको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार