पाँचथर : नेपाली काँग्रेस प्रदेशसभा ‘ख’ पाँचथरको क्षेत्रिय अधिवेशन फाल्गुनन्द ५ स्थित घुर्विसे पञ्चमी बजारमा सम्पन्न हुने भएको छ ।
- समितिको बैठकले अधिवेशन स्थान र अन्य पूर्व तयारी सम्बन्धिका कामको बाँडफाँड समेत गरेको छ ।
बैठकले आर्थिक समिति संयाेजकमा क्षेत्रीय सदस्य टिकाराज आङदेम्बेलाइ चयन गरेकाे छ भने सह-संयाेजकमा तेज वहादुर चेम्जाेङ (तेजु),सदस्यहरुमा वीरेन्द्र शेर्मा,देविचन्द्र आङदेम्बे र गाेपाल घिमिरेलाई चयन गरिएको छ ।
यसैगरी,क्षेत्रिय उपसभापति चन्द्र कुमार आङदेम्बेकाे संयाेजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको क्षेत्रीय सभापति बम लावतीले जानकारी दिए ।
अधिवेशनकाे सम्पूर्ण तयारी र ब्यबस्थापनकाे जिम्मेवारी अधिवेशन हुने सम्बन्धित वडा कार्यसमितिलाई अख्तियारी दिने निर्णय भएको जनाइएको छ।
अधिवेशनमा करिब पाँच सय जना क्षेत्रिय प्रतिनिधिहरुकाे सहभागिता रहने बुझिएको छ भने नेपाली काँग्रेसका केन्द्रिय सदस्य भिस्मराज आङदेम्बे,महासमिति सदस्य तथा पूर्व जिल्ला सचिव सुरेन्द्र दाहाल,जिल्ला सचिव बृजहाङ आङदेम्बे लगायत नेताहरुले सम्बाेधन गर्ने क्षेत्रिय सभापति लावतीले बताए ।
बैठकले अधिवेशनमा सांगठनिक प्रतिवेदन समितिका उपसभापति चन्द्रकुमार अाङदेम्वेलाई र अार्थिक प्रतिवेदन काेषाध्यक्ष धनसिं नेम्बाङलाई लेखनको जिम्मेवारी प्रदान गरेको छ । अधिवेशनमा प्रतिनिधि संख्या दाेब्बरले बढेकाे हुँदा हाेटल बासका लागि र अन्य स्थानीय ब्यबस्थापन समितिलाई चुनाैतीहरु रहेकाे जनाइएको छ ।
यसअघि पार्टीको केन्द्रिय समितिले तोकेको तालिकालाई संशोधन गरि आगामी असोज १२ गते क्षेत्रिय अधिवेशन हुँदैछ । अधिवेशनमा यस क्षेत्रबाट दुई जना सभापति पदका उम्मेदवारीको आकांक्षी रहेको प्रचारप्रसार समिति संयोजक आङ्देम्बेले जानकारी दिए ।