अन्तर्राष्ट्रिय बजारमा बिक्दै इलामको चिया, ट्रेडमार्क लिने उद्यमीको संख्या बढ्दै

  नयाँ बुलन्द
14 Shares

इलाम । नेपालमा उत्पादन भएको चिया आफ्नै ट्रेडमार्कमा अन्तराष्ट्रिय बजारमा निर्यात गर्ने उदेश्यले टे«डमार्क लिने उद्यमीको संख्या बढेको छ ।

अघिल्लो वर्षबाट वितरण सुरु भएको ‘नेपाल टीः क्वालिटी फ्रम दि हिमालयज’ नामक ट्रेडमार्क लिने उद्यमीको संख्या हालसम्म २४ पुगिसकेको छ ।

नेपाली चियाको ट्रेडमार्क पाउने उद्योगको संख्या २४ पुगेको छ । गत वर्ष १२ उद्योग र विक्रेताले ‘नेपाल टीः क्वालिटी फ्रम दि हिमालयज’ नामक ट्रेडमार्क पाएका थिए । यस वर्ष थप १२ जनाले टे«डमार्क पाएसँगै उद्योगीको संख्या २४ पुगेको हो ।

इलाम, पाँचथर र मोरङका चिया उद्योग र विक्रेतालाई ट्रेडमार्क दिइएको हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डाक्टर विष्णुप्रसाद भट्टराई र सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले यस वर्ष संयुक्त रूपमा ट्रेडमार्क हस्तान्तरण गरेका हुन् ।

अर्गानिक प्रमाणीकरण भएका इलामका १०, पाँचथर १ र मोरङको १ उद्योगले यस वर्ष ट्रेडमार्क पाएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

बोर्डले २ वर्ष अघि चियाको ट्रेडमार्क कार्यान्वयनमा ल्याएको थियो । ट्रेडमार्क प्रयोग गर्न चियाको अन्तिम उत्पादकले राष्ट्रिय चिया तथा कफी विकास बोर्डले तोकेको मापदण्ड पूरा गरी बोर्डमा आवेदन गर्नुपर्छ । तोकिएको मापदण्ड शतप्रतिशत पूरा गरेका उद्योगले मात्रै ट्रेडमार्क पाउने विक्रकेता हरि गुरुङ्ग बताउनुहुन्छ ।

बोर्डले हरेक वर्ष चिया उत्पादकका लागि ट्रेडमार्क प्रयोग गर्नेबारे आवेदन खुलाउँछ र अघिल्लो वर्ष पाएको ट्रेडमार्क हरेक वर्ष नवीकरण गराउनुपर्ने प्रावधान छ । ट्रेडमार्क कार्यान्वयनका लागि ‘नेपाल अर्थाेडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४’ बनेको छ ।

प्रकृति जोगाउने, व्यक्ति वा समुदायलाई आदर गर्ने, स्वच्छ तथा सबैले देख्नेगरी उत्पादन गर्न सक्ने र गुणस्तरमा ध्यान दिएको हुनुपर्ने गरी ४ सर्त निर्देशिकामा व्यवस्था छ । माटोको परीक्षण, लगाइएका श्रमिकको अधिकार कार्यान्वयनमा पनि निर्देशिकाले उल्लेख गरेको छ ।

चियालाई अर्गानिक प्रमाणीकरण गरी बिश्व बजारमा नेपाली चियाको बजार बिस्तारमा ट्रेडमार्क कोसेढुङ्गा सावित हुने सरोकारवालाको भनाइ छ । त्यसैले अहिले बजारमा नेपाली चिया उत्पादनको गुणस्तमासमेत वृद्धि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार